जेसीआई बसामाडीमा जनक भण्डारी पदस्थापित

तु खबर संवाददाता
२०७९ माघ ११,बुधबार १०:०६

मकवानपुर । जेसीआई बसामाडीको अध्यक्षमा जनक भण्डारी पदस्थापित भएका छन् । मंगलबार एक समारोहबीच भण्डारीलाई अध्यक्षमा पदस्थापित गरिएको हो ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न पदस्थापन समारोहमा भण्डारीलाई सन् २०२३ का लागि अध्यक्षमा पदस्थापित गरेको हो ।

यसअघि २३ औं वार्षिक साधारणसभाबाट सर्वसम्मतरुपमा भण्डारीलाई अध्यक्ष चयन गरेको थियो ।

साधारणसभाबाट जेसीआई बसामाडीको कार्यकारिणी उपाध्यक्षमा उद्धवराज कठायत र मनिष घिमिरे, उपाध्यक्षमा रमेश शर्मा, जेपी यादव, परमेश्वर पौडेल र बासुदेव तिमल्सिनालाई सर्वसम्मत चयन गरेको थियो ।

पदस्थापन समारोहपछि अध्यक्ष भण्डारीले आफ्नो कार्यकालका लागि महासचिवमा सुरज डंगोल, कोषाध्यक्ष अनिल भण्डारी, कानुनी सल्लाहकार गौतम केसीसहित विभिन्न पदमा सदस्यलाई जिम्मेवारी दिएका छन् ।

पदस्थापन समारोहमा जेसीआई बसामाडीका पूर्वअध्यक्षहरु, नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष, विभिन्न शाखाबाट अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।