बस्तीपुर जेसीजको साधारणसभा पुस १६ गते

तु खबर संवाददाता
२०७८ पुष १२, सोमबार ०८:४९

मकवानपुर । बस्तीपुर जेसीज हाँडीखोलाको ११ औं साधारणसभा यही पुस १६ गते हुने भएको छ । जेसीजको शनिबार बसेको ९ औं बोर्ड बैठकले आगामी पुस १६ गते हेटौंडा–१९ स्थित हाँत्तीगौंडा जेसीज वनमा वनभोजसहितको साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

साधारणसभाबाट वर्ष सन् २०२२ को लागि नयाँ नेतृत्वसमेत चयन गरिने बस्तीपुर जेसीज हाँडीखोलाका अध्यक्ष राजेश भेटवालले जानकारी दिए । मकवानपुरको हाँडीखोलालाई कार्यक्षेत्र बनाउँदै जेसीजले नेतृत्व र व्यक्तित्व विकासको लागि काम गर्दै आएको छ । हरेक वर्ष जेसीजमा कार्यसमिति परिवर्तन गर्ने व्यवस्था रहेको छ ।