बस्तिपुर जेसीज हाँडीखोलाका पदाधिकारीद्वारा पदभार हस्तान्तरण

तु खबर संवाददाता
२०८० माघ १४, आईतवार १५:३४

मकवानपुर । बस्तिपुर जेसीज हाँडीखोलाले १३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीलाई पदभार हस्तान्तरण गरेको छ ।

हेटौंडा–१९ को जेसीजको सभाहलमा आयोजित कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष अध्यक्ष अमृत पाठकसहितका नवनिर्वाचित पदाधिकारीलाई पदभार हस्तान्तरण गरिएको हो ।

वर्ष २०२३ का अध्यक्ष प्रेमबहादुर गोङ्बाले वर्ष २०२४ का लागि निर्वाचित पाठकलाई पद हस्तान्तरण गरेका हुन् ।

पदभार ग्रहण गर्नेहरुमा नवनिर्वाचित कार्यकारिणी उपाध्यक्षमा हरेराम हटुवाल (निर्मल) र सञ्जोग उप्रेती र उपाध्यक्षमा लोक लामा मोक्तान, रविन लामा, सोवित वाईबा र दिनेश चौलागाई, कोषाध्यक्ष सन्देश पण्डित, महासचिव सुरज बर्तौला र कानुनी सल्लाहकार सन्दिप पाठक रहेका छन् ।

कार्यक्रम संघीय प्रतिनिधिसभा सदस्य एवम् पूर्व ऊर्जा राज्यमन्त्री दीपक बहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा मकवानपुरका सक्रिय पत्रकार रुपक कालिराजलाई ‘स्वर्गीय उदय सिंह पाठक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । यस्तै, सामाजसेवी पुरस्कार ॐ बृद्ध आश्रयका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई प्रदान गरिएको थियो ।

पुरस्कृत कालिराज र श्रेष्ठलाई ७ हजार २ सय २ रुपैयाँ नगदसहित दोसल्ला, सम्मानपत्र र मालाका साथ सम्मान गरिएको हो ।