पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदुत नियुक्त गर्न सिफारिस

तु खबर संवाददाता
२०७७ आश्विन १५, बिहीबार १२:१२

काठमाडौँ । मन्त्रिपरिषद बैठकले नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।
मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी अमेरिकाको लागि नेपाली राजदुतमा पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई नियुक्त गर्न सिफारिस गरेको छ ।

३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए ।

रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ । राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ ।

पूर्वअर्थमन्त्री डा। खतिवडालाई कार्यकाल सकिएलगत्तै सरकारको प्रमुख आर्थिक सल्लाहकार बनाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*