शुक्रवार साँझसम्म पदबाट राजीनामा दिने खतिवडाको घोषणा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा डा. खतिवडाले आफुले शुक्रबार साँझ नै मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहिवार बसेको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए । सोही अनुसार सरकारले गौतमको नाम सिफारिस गर्दैछ ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै खतिवडालाई धन्यवाद दिएका छन् ।
