आज प्रतिनिधिसभाको बैठक बस्दै, संविधान संशोधन विधेयक पारित हुने

तु खबर संवाददाता
२०७७ जेष्ठ ३१, शनिबार ०९:०५
file-photo

काठमाडौं । आज शनिबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।

उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।

संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*