संसद बैठक स्थगित गर्ने तयारी

तु खबर संवाददाता
२०७७ चैत्र १६, सोमबार ०९:३५
file-photo

कठमाडौं । सरकारले संसद बैठक स्थगित गर्ने तयारी थालेको छ । प्रतिनिधिसभा पुनस्र्थापनापछि संसदलाई बिजनेस दिन नसकिरहेको सरकारले संसद बैठक स्थगन गर्ने तयारी थालेको हो ।

बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले जारी बैठक तत्काल स्थगन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो ।

स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली तत्कालै संसद बैठक अन्त्य गर्ने पक्षमा रहेको र त्यसबारे राष्ट्रपति र सभामुखसँग पनि प्रधानमन्त्रीले छलफल गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले तीन दिनअघि बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा पनि बर्खे अधिवेशन बैशाखमै सुरु गर्नुपर्ने भएकाले जारी संसद बैठक अन्त्य गर्ने तयारी भइरहेको जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*