प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा ८ वटा सम्भावित कार्यसूची तय गरिएको छ । जसमध्ये पहिलो कार्यसूची मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने जनाएको छ । वन तथा वातावरणमन्त्री रामसहाय यादवले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

