प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तरगत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । यसअघि सूचना टाँसेर स्थगन भएको प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।
बैठक संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जनाएको छ । सो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
