बकैया गाउँपालिकाको एक्सन : विदेशबाट आउनुभएकाहरुको घरघरमै स्वास्थ्य परिक्षण
मकवानपुर, १८ चैत । केरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको आज ८ औँ दिन हो । आजबाट मकवानपुरको बकैयाँ गाउँपालिकाले विभिन्न देशबाट बकैयामा आई बस्नु भएकाहरुको घरघरमै पुगेर स्वास्थ्य परिक्षणको काम गरिरहेको छ ।
विदेशबाट आउनुभएका १२ जनालाई होम क्वारेन्टाइनमा बस्न दिर्नेशन दिएको गाउँपालिकाले स्वास्थ्यकर्मीको टिम बनाएर घरघरमै स्वास्थ्य सेवा उपलब्ध गराइरहेको अध्यक्ष दामोदर खनालले बताउनुभयो ।
रुघा, खोकी र ज्वरोको लक्षण देखिएको छ वा छैन भनेर स्वास्थ्य जाँच गर्ने र त्यस्ता लक्षण देखिएमा बिरामीलाई सरकारी क्वारेन्टाइनमा राख्ने तयारी गाउँपालिकाको छ । थप उपचार गर्न आवश्यक देखिएमा अस्पताल पठाउने पनि गाउँपालिकाले जानकारी दिएको छ ।
बिभिन्न देशबाट बकैया आइ बस्नुभएकाहरुको स्वास्थ्य अवस्था बुझ्ने काम गरिएको छ । हालसम्म कुनै लक्षण नदेखिएकाले उहाँहरुलाई होम क्वारेन्टाइनमा बस्न भनिएको अध्यक्ष खनालले बताउनुभयो ।
यसअघि गाउँपालिकाले स्वास्थ्य सस्थामार्फत् सेनेटाइजर र माक्स वितरणको कार्य गरेको थियो ।
यो पनि पढ्नुहोस्
- मकवानपुर प्रशासनद्वारा ४ सय ५० जनाको उद्दार
- अलपत्र परेका ४० जनालाई थाहानगरपालिकाले गन्तव्यसम्म पठायो
- मकवानपुरको मनहरी गाउँपालिकाको सक्रियता : वडा वडामा लगत संकलन कार्य तीव्र
- नेकपा १७ नम्बरद्वारा विपन्नलाई राहत वितरण
- रौतहटमा गाउँपालिकाले बाँड्न थाल्यो राहत
- लकडाउनमा हिँडेर घर पुग्छु भन्ने ३४ जनाको सडकमै मृत्यु
- भुटान सरकारद्वारा २१ दिन लकडाउन गर्ने घोषणा
- प्रेस काउन्सिलद्वारा ३६ वटा अनलाइनलाई स्पष्टिकरण, यस्ता छन् बन्द गरिएका १४ अनलाइन
- पढ्नुहोस् हेटौँडा उपमहानगरपालिकाको तीन गतिविधि
- मुख्यमन्त्री पौडेलले भन्नुभयोे – हेटौँडामा अत्याधुनिक प्रयोगशाला बन्छ
