पढ्नुहोस् हेटौँडा उपमहानगरपालिकाको तीन गतिविधि
मकवानपुर १७ चैत । हेटौँडा उपमहानगरपालिकाले विदेशबाट आउनुभएकाहरुको पहिचान गर्ने कार्य अघि बढाएको छ ।
त्यसैगरी विपद् कोषमा रकम कोरोना भाइरसको उपचार तथा नियन्त्रण कार्यको लागि खर्च गर्ने भएको छ ।
त्यसैगरी विभिन्न संक्रमणबाट जोगिन नगरभित्र डिस–इन्फेक्टेन्ट छर्केको जानकारी दिएको छ ।
विदेशबाट आउनुभएकाहरुको पहिचान गरिदैं
हेटौँडामा विदेशबाट फर्कनुभएकाहरु १ सय ४७ जना फेला पर्नुभएको छ ।
कामको शिलसिलामा विभिन्न देशमा कार्यरत हेटौँडाका १ सय ४७ जना सम्पर्कमा आउनुभएको उपमहानगरपालिकाले जानकारी दिएको
छ ।
विदेशबाट आउनुभएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।
विपद् कोषमार्फत् आवश्यक परे ७५ लाख रुपैयाँ खर्च गर्न सकिने
कोरोना भाइरसको विपद्को समयमा तत्काल ७५ लाख रुपैयाँ खर्च गर्न सक्ने उपमहानगरपालिकाले जानकारी दिएको छ ।
उपमहानगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यावस्थापन गर्न वनेको ऐन २०७५ अन्तर्गत गठन गरेको विपद् व्यावस्थापन कोषमा जम्मा गरिएको रकम पनि कोरोना भाइरस संक्रमितको उपचार गर्न र आवश्यक खर्च गर्ने भएको हो ।
विपद् पर्दाका लागि जम्मा गरिएको र चालु आर्थिक वर्षमा छुट्याएको ७५ लाख रुपैयाँ भन्दा पनि वढी आवश्यकताको आधारमा खर्च गरिने मेयर हरीबहादुर महतले वताउनुभयो ।
यही कोषमा प्रदेश सरकारले दिने भनेको १५ लाख रुपैयाँ र संघीय सरकारले रकम उपलब्ध गराएमा जम्मा गर्ने र खर्च गर्ने तयारी थालिएको छ ।
नगरभित्र डिस–इन्फेक्टेन्ट छर्कदैँ
हरेक सडकमा ‘डिस–इन्फेक्टेन्ट’ आज पनि छर्किएको छ ।
विभिन्न किसिमका संक्रमण फैलन नदिनको लागि हेटौँडाका चोक चोक र सडक सडकमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किने काम आज पनि जारी रहेको छ ।
