मकवानपुरको मनहरी गाउँपालिकाको सक्रियता : वडा वडामा लगत संकलन कार्य तीव्र

तु खबर संवाददाता
२०७६ चैत्र १८, मंगलवार १०:४७

मकवानपुर, १८ चैत । मनहरी गाउँपालिकाले लकडाउनको समयमा वडाभित्र कोही पनि भोकै बस्नु नपर्ने गरी कार्ययोजना बनाएर तयारी थालेको छ । पहिलो चरणमा वडाभित्र कसको अवस्था के छ भनी लगत संकलनको काम भइरहेको छ ।

वडा अध्यक्षको संयोजकत्वमा सबै पार्टीका प्रतिनिधि र प्रहरी सम्मिलित टोली बनाएर लगत संकलनको काम भइरहेको अध्यक्ष एकराज उप्रेतीले तु खबरलाई बताउनुभयो ।

कोही पनि भोकै बस्न नपरोस् भनेर अति विपन्नको अवस्था संकलनको कार्य भइरहेको छ, उहाँले भन्नुभयो – त्यो डाँटा आएपछि आवश्यक राहतको काम अघि बढाइनेछ ।

गाउँपालिकाले प्रतिपरिवारको लागि एक साताको खाद्यन्न प्याकेज पनि तयार पारिसकेको छ । चामल, दाल, नून र तेल उपलब्ध गराउने गरी तयारी गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

दैनिक ज्यालादारी गरी खाने मजदुर, गिठ्ठा भ्याकुर खाएर जिवन चलाउने परिवार, डोको बनाएर बेचेर जिविका चलाउने परिवार सबैको तथ्याङ्क तयार भइरहेको अध्यक्ष उप्रेतीले बताउनुभयो । हामी तत्काल राहत पुर्याउन लागिपरेका छौँ, उहाँले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*