रौतहटमा गाउँपालिकाले बाँड्न थाल्यो राहत
रौतहट १८ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशैभर लकडाउनको अवधी बढाएसंगै रौतहटमा सम्बन्धीत गाउँपालिकालेनै खाद्यान्न वितरण सुरु गरेको छ ।
लगातार एकहप्ताभन्दा बढीसमय लकडाउन भएको कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारलाई समस्या हुने भएकोले गाउँपालिकाहरु राहत वितरणमा सक्रिय भएका हुन् ।
मौलापुर नगरपालिकाले नगरक्षेत्र अन्तर्गतका गरीब तथा विपन्न ८ सय परिवारलाई खाद्यान्न वितरण कार्य आजबाट सुरु गरिएको छ ।
मौलापुर नगरपालिका वडा ३ मा प्रतिपरिवार २५ किलो चामल,४ किलो दाल र नगद ५०० रुपैयाको दरले बितरण गरीएको छ ।
रौतहटका अन्य गाउँपालिकाले पनि राहत वितरणको काम आजबाट सुरु गर्ने जनाएका छन् ।
