मकवानपुर प्रशासनद्वारा ४ सय ५० जनाको उद्दार

तु खबर संवाददाता
२०७६ चैत्र १८, मंगलवार ११:५५
file photo

मकवानपुर, १८ चैत । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हिजोसम्म ४ सय ५० जनालाई उद्दार गरी गन्तब्यतर्फ पठाएको छ ।

प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले दिएको जानकारी अनुसार, आज मंगलबार बिहानसम्म मजदुरी गरी जिनवयापन गरेका ४ सय ५० जनालाई आ आफ्नो गन्तब्यतर्फ पठाइएको हो ।

बिभिन्न जिल्लाबाट मकवानपुर आई रोजगारीमा संलग्न भएकाहरुलाई उद्दार गरी पठाइएको हो ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा अहिले लकडाउन गरिएको छ । यस्तो अवस्थामा मजदुरहरुलाई आआफ्नो घरतर्फ पठाउँदा थप सरक्षित रहने भएकाले उद्दार गरी पठाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*