अलपत्र परेका ४० जनालाई थाहानगरपालिकाले गन्तव्यसम्म पठायो
मकवानपुर, १८ चैत । थाहा नगरपालिकाले आफ्नो क्षेत्रमा कामको सिलसिलामा अन्य स्थानबाट आएकाहरुलाई सुरक्षितसाथ गन्तब्यमा पठाइदिएको छ ।
रोजगारीको निम्ति थाहा नगरपालिका क्षेत्रमा रहेका ४० जनालाई सुरक्षित साथ गन्तब्यमा पठाइएको नगरपालिकाले जानकारी दिएको छ ।
नगर प्रमुख लवशेर बिष्टले दिनुभएको जानकारी अनुसार, वडा नम्बर ६ बज्रवाराहीमा इट्टाभट्टामा कार्यरत् २१ र आग्राका विद्यालयहरु निर्माणमा काम गरिरहेका १८ जनालाई पर्सा तथा रुपन्देही सम्म पठाएको हो ।
