नेकपा संसदीय दलको बैठक भर्खर सुरु

तु खबर संवाददाता
२०७६ पुष २५, शुक्रबार १२:३०

हेटौंडा, २५ पुस । प्रदेश ३ को सत्तारुढ दल नेकपा संसदीय दलको बैठक हेटौंडामा बसिरहेको छ । करिब साढे ११ बजे सुरु बैठकमा प्रदेशको राजधानी र नामको विषयमा सहमती जुटाउने प्रयास जारी रहेको एक नेताले बताएका छन् ।

नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्न संसदीय दल र प्रदेश कमिटीलाई निर्देशन दिएपछि मुख्यमन्त्रीको सक्रियतामा आज बिहीवार दलको बैठक पाँचौ पटक बसेको हो ।

पार्टी निर्देशन अनुसार राजधानी र नाममा सहमती जुटाउन संसदीय दलको बैठकमा प्रयास भइरहेको एक सांसदले बताए । कतिपय सांसदहरुले नाम बाग्मती राख्न सहमती जनाए पनि हेटौंडालाई राजधानी बनाउन नहुने अडान लिँदै आएका छन् ।

आजको बैठकले आगामी प्रदेशसभा बैठकमा राजधानी हेटौंडा र नाम बाग्मती मात्रै प्रस्ताव लैजाने निर्णय गर्ने स्रोतले जानकारी दिएको छ । पार्टीको निर्देशन अनुसार ह्विप जारी हुने बताइएको छ ।

असन्तुष्ट सांसदहरुले राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन अनुसार पाँचवटै जिल्लाको नाम प्रस्तावमा लैजानु पर्ने विषय उठाएका छन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*