समाचार

समानुपातिकतर्फ सोलुखुम्बुमा काँग्रेस अग्रस्थानमा

सल्लेरी, सोलुखुम्बु, २६ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेका नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा बढी मत प्राप्त भएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचित भएको सोलुखुम्बुमा वाम गठबन्धनसँग पराजित भएका काँग्रेसलाई तीनै स्थानमा समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त भएको छ । समानुपातिकतर्फको मतगणना...

दोलखामा समानुपातिक पनि एमाले पहिलो

चरिकोट, २६ मंसिर । दोलखाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । मतगणनासँगै समानुपातिकतर्फ पनि एमाले नै पहिलो भएको राससले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको भन्दा समानुपातिकतर्फमा एमाले–काँग्रेस मतान्तर आधाभन्दा बढीले घटेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले बताएअनुसार नेकपा (एमाले)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३८ हजार ४७...

मधेश आन्दोलनकै उद्गमस्थल सिरहाम मधेशी गठबन्धन कमजोर

लहान, २६ मंसिर । मधेश आन्दोलनको उद्गमस्थल मानिएको सिरहामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मधेशी गठबन्धन कमजोर देखिएको छ भने वाम गठबन्धन सुदृढ देखिएको छ । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिँदा सिरहाको प्रतिनिधिसभा र प्रदेशसभाका १२ वटा क्षेत्रमध्ये आठमा वाम गठबन्धनले बाजी मारेको छ ।...

भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता

काठमाडौँ, २६ मंसिर । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार ५०० ट्याक्सीमध्ये एक हजार ३९५ खरिद भई दर्ता भएको भएको राससले जनाएको छ । यातायात व्यवस्था विभागले गत असार पहिलो साता आवेदन दिएका एक लाख ४९ हजार ५३६ पीडितमध्येबाट गोलाप्रथाबाट एक हजार ५०० पीडित छनोट गरेको...

राजतन्त्र र गणतन्त्रको अन्योलबीच राप्रपाको पराजय

काठमाडौँ, २६ मंसिर । आन्तरिक विभाजनसँगै संवैधानिक राजतन्त्र वा लोकतान्त्रिक गणतन्त्रबारेको नीति र व्यवहारमा एकरुपता नहुँदा पुरानो शक्ति मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पराजय भोगेको छ । यही मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले सो पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक सिद्धान्तलाई कार्यान्वयन नगरिएकाले जनताले...

वैद्यखानाले जिएमपी मापदण्डको औषधि उत्पादन गर्ने

काठमाडौँ, २६ मंसिर । सिंहदरबार वैद्यखाना विकास समितिले यसै वर्षबाट जिएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्ने भएको छ । वैद्यखानाका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलले चालु आवको अन्त्यसम्मका कम्तीमा चार उत्पादन जिएमपीअर्थात गुड म्यानुफ्याक्चरीङ प्राक्टिसअनुसार उत्पादन गरिने जानकारी दिनुभयो । त्यसका लागि अन्तरराष्ट्रिय मापदण्डमा आधारित उत्पादन गर्न पहिलो चरणको...

तनहुँका पाँच मतदान केन्द्रमा पुनः मतदान गर्न काँग्रेसको माग

काठमाडौँ, २६ मंसिर । नेपाली काँग्रेस केन्द्रीय कार्यालयले तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेश (क) को मतगणना अस्वीकार गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको वक्तव्यमा निर्वाचनका क्रममा मंसिर २१ गते विभिन्न बुथका पाँचवटा बाकसमा जम्मा खसेको मत दुई हजार...

चलचित्र ‘माइ लभ’ भुकम्प र प्रेमको दस्तावेज (मंसिर २९ गतेदेखि सिनेमा घरमा)

मकवानपुर, २६ मंसिर । नेपाली र जापानिज भाषामा तयार पारिएको नेपाली कथानक चलचित्र ‘माइ लभ’ मंसिर २९ गतेदेखि देशभरका सिनेमाघरहरुमा प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रचारप्रसारका क्रममा मंगलबार हेटौँडामा आईपुगेको चलचित्र टोलीले ‘माइ लभ’ लाई नेपालमा गएको विनाशकारी भुकम्प र भुकम्पमै हराएको मायाको दस्तावेजको रुपमा व्याख्या गरेका छन्...

कुन स्थानमा कोठी भएका मानिस कस्तो स्वभावका हुन्छन् ?

कोठीको विषयमा सबैलाई चासो हुन्छ,कोठी कहाँ भए के हुन्न भन्ने कुरा त झन चर्चाकै विषय हो । यस विषयमा हामिले रोचक जानकारी दिने प्रयत्न गरेका छौं । कोठी केटा वा केटी दुवैलाई आएको हुनसक्छ । र जुनसुकै स्थानमा आएको हुनसक्छ । कोठी आउदाँ छाला बाहिर कालो दाना वा दाग...

कास्की–२ मा समानुपातिकमा एमाले अगाडि ,अन्य पार्टीको मतपनि हेर्नुहोस्

पोखरा, २६ मंसिर । कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक मतमा एमाले अगाडि देखिएको राससले जनाएको छ । प्रत्यक्षतर्पmको प्रतिनिधिसभा र प्रदेशसभा क मा एमाले र ख मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । आज अपराह्न सम्पन्न मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकमा एमालेले २२ हजार ९६९,...