समाचार
काँग्रेस हेटौंडा नगरको निर्वाचन परिचालन समितिमा पराजुली
हेटौंडा, २१ कात्तिक / नेपाली काँग्रेस हेटौंडा नगर समितिको सोमबार बसेको बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन समिति गठन गरेको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा बसेको बैठकले नगर सभापति पराजुलीको संयोजकत्वमा ५१ सदस्यीय हेटौंडा उपमहानगर निर्वाचन परिचालन समिति गठन गरेको...
अविनाशको नेतृत्वमा बाम उम्मेदवार जिताउने समिति
हेटौंडा २१ कात्तिक । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ र १७ मा मंगलबार बाम गठबन्धनको अगुवा भेला सम्पन्न भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आयोजना गरेको भेलाले वडा नम्वर १६ माओवादी केन्द्रका वडा अध्यक्ष अविनाश गजुरेलको संयोजकत्वमा पाँचसय सदस्यीय कमिटि निर्माण गरिएको छ । साथै...
चोरीका सामानसहित मकवानपुर र सिन्धुलीका युवक पक्राउ
काठमाडौं, २१ कात्तिक । चोरी गरेर ल्याएका सामान सहित मकवानपुरका एक युवकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ बाफल डेरा गरी बस्ने मकवानपुरको हेटौंडा घर भएका ४२ वर्षीय अर्जुन कार्की र काठमाडौं सानोभर्याङ बस्ने सिन्धुलीका २६ वर्षीय रणबहादुर माझीलाई चोरी गरी ल्याएका मालसामान सहित मंगलबार प्रहरीले...
प्रतिवद्धता पत्र गाउँ गाउँमा पुराउँदै बानियाँ : गाँजा खेतीको विकल्पदेखि चेपाङ संग्रहालय र वैकल्पिक सडक निर्माणसम्म
मकवानपुर, २१ कात्तिक । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफ्नो प्रतिवद्धता पत्र गाउँ गाउँमा पुर्याएका छन् । अन्य उम्मेदवार आप्mनो चुनावी रणनीति बनाउन अलमलमा रहेका बेला उम्मेदवार बानियाँले भने आप्mनो १८ बुँदे संक्षिप्त प्रतिवद्धता पत्र गाउँ गाउँमा पराएका हुन् । मनोनयन दर्ता...
मकवानपुरमा स्थानीयले लगाएको करिब ७ हजार कठ्ठा गाँजा प्रहरीद्वारा फँडानी
मकवानपुर, २१ कात्तिक । मकवानपुर जिल्लाका ग्रामिण भेगमा लगाइएका करिब ७ हजार कठ्ठा जमिनमा लगाइएको गाँजाको ब्याड नष्ट तथा गाँजा फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार दिएको जानकारी अनुसार लागू औषध गाँजा खेती फँडानी गर्ने कार्य योजना अनुसार ३ चरणमा गरी जम्मा गाँजाको ब्याड अन्दाजी ४...
मकवानपुरमा गोरु सहितको ३ वटा ट्रक नियन्त्रणमा
हेटौँडा, २१ कात्तिक । मकवानपुरको पशुपतिनगरमा गोरु सहित ३ वटा ट्रक नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान कबिर १० बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा ९ स्थित सडक खण्डमा सवारी साधन रोकी जाँच गर्ने क्रममा ती ट्रकहरु नियन्त्रणमा लिइएको...
मकवानपुरमा प्रहरीले झण्डा झिकेपछि तनाव
मकवानपुर , २१ कात्तिक । मकवानपुरको हेटौँडा सिमाचोकमा प्रहरीले चुनाव प्रचारमा हिँडेका नेता कार्यकर्ताको सवारीमा राखिएको झण्डा झिकेपछि तनाव भएको छ । प्रहरीले बाम गठबन्धनको सवारीमा राखिएको झण्डा झिकेपछि केही बेर विवाद भएको हो । घटनास्थलबाट हाम्रा संवाददाताले दिएको जानकारी अनुसार रातो रङको गाडीमा नेकपा एमालेका प्रचार विभाग प्रमुख...
घूस लिएको आरोपमा अख्तियार हेटौँडा टोलीद्वारा हेल्थ असिस्टेन्ट पक्राउ
रौतहट, २१ कात्तिक । जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले घूससहित पक्राउ गरेको छ । ठेकेदार सँग घूस मागेको भन्दै झालाई १ लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो । अख्तियारको टोलीले इमरजेन्सी इन्चार्ज झालाई कार्यकक्षमै नगदसहित नियन्त्रणमा लिएको बताइएको छ ।...
यस्तो आयो राप्रपाको चुनावी घोषणापत्र (घोषणा पत्र सहित)
काठमाडौँ, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । राप्रपाले आगामि मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि मंगलबार घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा राप्रपालाई सुस्पष्ट विचार भएको र अलग पहिचान बोकेको दल भएको दाबी गर्दै राप्रपालाई भोट हाल्नुपर्ने कारणहरु खोलिएको छ...
भुकम्प प्रभावितलाई सपना बाँड्दै उम्मेदवारहरु
हेटौँडा, २१ कात्तिक । स्थानीय तहको निर्वाचनमा भूकम्प प्रभावितहरुलाई ठूलो सपना देखाएर भोट फकाएका नेताहरु फेरि पनि त्यही नारा लाउँदै गाउँ पसेका छन् । आगामि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै विभिन्न दलका उम्मेदवारहरु पुनर्निर्माणको आशा बाँडेर भोट माग्न व्यस्त छन् । तर स्थानीय...