समाचार

हेटौँडामा भोट माग्दै लामिछाने र मैनाली

हेटौँडा, ३० कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि नयाँ शक्ति पार्टी, नेपालका उम्मेदवाहरु गाउँका साथै हेटौँडा बजारमा समेत घरदैलो गर्दै भोट माग्न व्यस्त छन् । पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रल्हाद लामिछानेको नेतृत्वमा प्रदेशसभा क्षेत्र नम्बर १ को ख का उम्मेदवार राजन मैनालीसहितको टोली...

बाम गठबन्धनको दुई तिहाई मत आउने खतिवडाको दाबी

भिमफेदी ३० कात्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य एबम् बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले आसन्न संघ र प्रदेश निर्वाचनमा संयुक्त बाम गठबन्धनले दुई तिहाई मतका साथ विजयी हुने दाबी गरेका छन् । बिहिबार भिमफेदी गाउँपालिकाको १ र २ नम्बर वडाले गरेको संयुक्त चुनाबी...

देउवा र कमल थापाको दिन सकियो– दाहाल

हेटौँडा, ३० कात्तिक । बाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले अब नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष कमल थापाको दिन सकिएको बताएका छन् । बिहिबार हेटौंडा १५ मा बामगठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै उम्मेदवार दाहालले नेपाली काँग्रेस र राप्रपाको दिन...

३५ हजार अमेरिकी डलर सहित मकवानपुरमा १ जना पक्राउ

मकवानपुर, ३० कात्तिक । ३५ हजार अमेरिकी डलर सहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान करिब पौने ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त रकमसहित भारतको ग्राम भेडीहारी पोष्ट सिरिसिया भेडीहारी पुर्वी चम्पारण विहार बस्ने वर्ष २५ को शेषनाथ प्रसादलाई...

सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास

– आदित्य दाहाल मेलम्ची, ३० कात्तिक । सिन्धुपाल्चोक जिल्लाको पर्यटन विकास र प्रवद्र्धनलाई मुख्य चुनावी एजेण्डा बनाएर अहिले दलहरू मतदाताको घरघरमा पुग्न थालेका छन् । भूगोलको हिसाबले पनि मेलम्ची, ज्यामिरे, पाँचपोखरी, भोटेचौर र हेलम्बुलगायतका क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पर्यटन व्यवसायबाट मेलम्ची क्षेत्रको विकास गर्ने...

नेकपाको नेता भएको आरोपमा खैराङबाट सूर्य अर्याल पक्राउ

मकवानपुर, ३० कात्तिक । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं. ९ बाट सूर्य अर्याललाई पक्राउ गरेको छ । नेकपाको नेता भएको र चुनावमा असर पार्न सक्ने भन्दै जिल्लाबाट गएको टोलीले खैराङबाट अर्याललाई पक्राउ गरेको खैराङस्थित स्थानीय स्रोतले जनाएको छ । आज खैराङको कात्तिकेमा औसीको मेला लाग्ने गर्दछ । आमा...

झापामा सबैको चुनावी मुद्दा ‘हात्ती नियन्त्रण’

– चन्द्रकला भण्डारी काँकडभिट्टा, ३० कात्तिक । झापाका बहुसंख्यक बासिन्दा जंगली हात्तीको समस्याबाट पिरोलिएका कारण आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदाता फकाउन ‘हात्ती नियन्त्रण’ मुख्य मुद्दा बनेको छ । झापामा कुल पाँचलाख ८५ हजार २२८ मतदाता रहेका छन् । त्यसको लगभग आधा अर्थात दुई लाख ४४ हजार मतदाता प्रत्यक्षरुपमा...

धादिङमा चेपाङका लागि खानेपानी योजना

धादिङ, ३० कात्तिक । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ स्यामै डाँडामा चेपाङकाल लागि खानेपानी आयोजना शुरु गरिएको छ । वर्षौँ देखि खानेपानीको समस्या खेपिरहेका चेपाङ समुदायलाई राहत पुग्ने गरी सत्य साई सेवा संगठन, नेपालले सामुदायिक खानेपानी योजना शुरु गरेको हो । कूल ६१ घर चेपाङको मात्र बस्ती रहेको...

भैँसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन

रत्ननगर, चितवन, ३० कात्तिक । चितवनको सौराहामा बुधबारदेखि भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा आइपी ढकालले उक्त सम्मेलनको उद्घाटन गरेका छन् । विश्वविद्यालयको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा शुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ११ देशका २००...

उम्मेदवारमाथि बम प्रहार भएपछि भोजपुरमा सुरक्षा व्यवस्था कडा

भोजपुर, ३० कात्तिक । भोजपुरमा एक उम्मेदवारमाथि बम प्रहार भएपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । भोजपुरमा नेकपा एमालेका तर्फबाट प्रदेशसभाका उम्मेदवार शेरधन राईको गाडीमा बम प्रहार भएपछि सुरक्षा व्यवस्थामा कडा बनाइएको हो । भोजपुरको सदरमुकाममा बुधबार बसेको सर्वदलीय बैठकले सुरक्षालाई कडा बनाउने निर्णय गरेको हो । बैठकले अंगरक्षक...