समाचार

मुगाबे युग अन्त्यको समर्थनमा दशौँ हजार जिम्बावेली जनता सडकमा

जिम्बाब्वे, २ मङ्सिर रासस/ सिन्ह्वा : जिम्बाब्वेको राजधानीमा मुगाबे युगको अन्त्यको माग गर्दै शनिबार गरिएको प्रदर्शनमा दशौँ हजार जिम्बाब्वेली जनता सहभागी बनेका जिम्बाब्वेको राज्य सञ्चालित टेलिभिजन जेडटिभीले जनाएको छ । जिम्बाब्वेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा लिएको थियो । राष्ट्रपति मुगाबेलाई पदबाट राजिनामा दिलाउन दवाव सिर्जना गर्न जिम्बाब्वेका...

भरोसा भएकैले कांग्रेसमा आकर्षण : बानियाँ

हेटौँडा, २ मंसिर, । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनतामा भरोसा भएकै कारण नेपाली कांग्रेसमा अहिले आर्कषण बढेको बताएका छन् । अन्य दल भाषणमात्रै गर्ने तर कांग्रेस देशको परिवर्तन र विकासमा नेतृत्व गर्ने भएकाले जनतामा कांग्रेसप्रति भरोसा र आर्कषण रहेको बताए ।...

अफगानिस्तानमा तीन पत्रकारको मृत्यु

काबुल, २ मङसिर -रासस/सिन्ह्वा : अफगानिस्तानमा गत एक हप्ताको अवधिमा विभिन्न कारणले तीन जना अफगानी पत्रकारको मृत्यु भएको छ । एक हप्तामा तीन जनाको मृत्यु भएको हो भने अरु केही घाइते पनि भएको संचार माध्यम समर्थक एक संस्थाले शनिबार जनाएको छ । अफगानिस्तानमा यस बर्षको छ महिनामा लडाकूहरुको आक्रमणमा...

चन्द्रपुरमा बम बिस्फोट ( घाइतेहरुको नामावली सहित)

मकवानपुर, २ मंसिर । रौतहटको चन्द्रपुरमा आज शनिबार बम बिस्फोट हुँदा १० भन्दाबढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी रामकुमार दानीका अनुसार, बम बिस्फोटमा परी घाइते हुनेमध्य दुईको अवस्था गम्भीर भई उपचारका लागि चितवन पठाइएको छ । सो घटनामा घाइते हुनेहरु वडा नम्बर ५ का मात्र...

रौतहटमा बम बिस्फोट : दुई गम्भीर, अन्य सामान्य घाइते

मकवानपुर । ०२ मंसिर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ५ मा भएको बम विस्फोटमा ११ जना घाइते भएका छन् । बाम गठबन्धनले भेला आयोजना गरेको ठाउँ नजिकै बम बिस्फोट भएको रौतहट चपुरबाट पत्रकार फणी महतले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी रामकुमार दानीका अनुसार, विस्फोटमा परी...

काँग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी बम प्रहार

लमजुङ, २ मंसिर : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उहाँ चढेको जिपमा आज बम प्रहार भएको छ । तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा१३च ३७४२ नं को जिपमा बम प्रहार भएको हो । बम प्रहारबाट एकजना प्रहरी घाइते...

सत्र किलो सुनसहित एक युवक पक्राउ

रसुवा २ मंसिर : अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुनसहित आज बिहान एक युवकलाई सीमा प्रहरीचौकी टिमुरेले पक्राउ गरेको छ । सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार अवैध रुपमा ल्याएको १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका अन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई बिहान ९ः३० बजे रसुवागढी...

 बेँसीशहरमा बिहान बम पड्कियो, अहिले अर्को भेटियो 

लमजुङ, २ मंसिर । जिल्ला सदरमुकाममा शनिबार बिहान भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्कृय पारेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँको अस्पताल चोकमा बम भेटिएको हो । नालामा सुतली बम भेटिएपछि त्यसलाई श्रीजंग गणबाट खटीआएको टोलीले निश्कृय पारेका प्रहरीले जनाएको छ । आज बिहान बेसीशहरको नजिकैको...

ओखलढुंगामा बम विस्फोट

ओखलढुंगा, २ मंसिर : वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी ले जनाएको छ । विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना...

चन्द्र प्रसादको संयोजकत्वमा १६ मा प्रचार समिति

हेटौंडा, ०२ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ मा वाम गठबन्धनको ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । चन्द्र प्रसाद देवकोटाको संयोजकत्वमा प्रसारप्रसार समिति गठन भएको हो । माओवादी केन्द्र वडा नं. १६ का अध्यक्ष अविनाश गजुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रचारप्रसार कार्यालयसमेत खोलिएको छ । निर्वाचनमा...