समाचार

चिया बगान जंगलमा परिणत हुँदै

– जितबहादुर भण्डारी पाँचथर, ४ मंसिर । एक नगरपालिका र सातवटा गाउँपालिकामा चिया खेती गर्दै आएका एक हजार १०० कृषक उचित मूल्य नपाउँदा मारमा परेका छन् । दश हजार ३२३ रोपनी क्षेत्रफलमा लगाएको चिया खेतीमा परेको मेहनत र पसिनाको उचित मूल्य नतोकिँदा मर्कामा परेको कृषकले गुनासो गरेका छन् ।...

तीनमहिना भो ढल फुटेको कसैको ध्यान गएन

-पूर्णप्रसाद मिश्र काठमाडौँ, ४ मंसिर । पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न वटुवालाई कठिनाई भएको छ । काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा वटुवा नाक थुनेर हिडडुल गर्न वाध्य भैरहेका छन् । ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिनाभन्दा वढी समयवितिसकेको छ । खुलामञ्चको केही...

केशबराज बानियाँ भन्छन् : जनताको पिरमर्का राम्ररी बुझेको छु

केशबराज बानियाँले आफ्नो जीवनको आधा समय निजामति, शिक्षक सेवामा बिताए । जिल्लामा थुप्रै सरकारी कार्यालयमा प्रमुखको हैसियतमा काम गरेका उनी आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा मा स्वतन्त्र उम्मेदवार छन् । बानियाँ अहिले चुनाव चिन्ह गुलावको फुल लिएर चुनावी मैदानमा छन् । मकवानपुरको हर्नामाडाीमा...

ठूला दलको विकृति विरुद्ध मेरो उम्मेदवारी–मैनाली

हेटौँडा, ४ मंसिर । नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले चुनावी विकृतिको अन्त्य र आफ्नो क्षेत्रको विकासका लागि नयाँ शक्ति पार्टी अपरिहार्य रहेको बताएका छन् । चुनावी अभियानकाक्रममा आईतबार हेटाँैडा ४ का विभिन्न स्थान , भैरव रोड लगायतका...

स्रष्टा/कलाकारलाई परिचयपत्र वितरण गरिने

काठमाडौँ, ४ मंसिर । नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारलाई परिचयपत्र प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ‘स्रष्टा/कलाकार परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७४’ बमोजिम परिचयपत्र वितरण गर्न लागिएको जानकारी गराइयो । प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्वीकृतिमा...

प्रकाश दहाललाई पार्टीको झण्डा ओडाउँदा प्रचण्डका आँशु थामिएनन्

काठमाडौं । प्रचण्ड पुत्र प्रकाश दहालको आकष्मिक हृदयघातका कारण निधन भएपछि उनलाई नर्भिक अस्पतालबाट सिधै माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यहाँ प्रचण्डले छोरा तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दहाललाई पार्टीको झण्डा ओडाइदिए । अन्य पार्टीका नेताहरु पनि त्यहाँ पुगेका छन् । माधब...

हिमाली गाउँको माग सडक, विद्युत्, टेलिफोन र स्वास्थ्य

–कुमार चौलागाईं गुम्बा, सिन्धुपाल्चोक, ३ मंसिर । सिन्धुपाल्चोकको विकट हिमाली गाउँका बासिन्दाले विगतमा निर्वाचन जितेर गएकाहरूले विकासका कुनै काम गर्न नसकेको गुनासो गरेका छन् । सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका (साविक गोल्चे, गुम्बा, पाङताङ, सेलाङ र हगाम गाविस)का बासिन्दाले वर्षांैदेखि मोटरबाटो, स्वास्थ्य, शिक्षा र टेलिफोन सेवा विस्तारको माग...

हवाईमैदानको जग्गामा पक्की घर निर्माण

धनगढी, ३ मंसिर । धनगढीको पुरानो हवाईमैदानको खाली जग्गा ओगटेर बसेका मुक्तकमैया जग्गाधनी पुर्जा नपाउँदै ओगटेको जग्गामा पक्की घर निर्माण गर्न थालेका छन् । नगर विकास समितिले आफूहरुलाई पाँच÷पाँच धुर जग्गा दिने भनेकाले ओगटेको जग्गामा पक्की घर निर्माण गर्न थालेको मुक्तकमैयाले बताएका छन् । नगर विकास समितिले आफू बसेको...

नेमकिपाको प्रचार राजनीतिक कक्षामा

–रमेश गिरी भक्तपुर, ३ मंसिर । नेपाल मजदुर किसान पार्टी आगामी निर्वाचनमा राजनीतिक कक्षा सञ्चालन गरेर अरु दलभन्दा फरक ढंगले चुनाव प्रचारमा सक्रिय भएको छ । मंसिर २१ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस र नेकपा(एमाले)का उम्मेदवारले पदयात्रासहित घरदैलो गरिहँदा नेमकिपाले भने राजनीतिक कक्षामार्फत जनतासँग...

जलाशययुक्त आयोजना उम्मेदवारका चुनावी एजेण्डा

– युवराज पाण्डे मन्थली, रामेछाप, ३ मंसिर । ‘तामाकोशी नदीको दुईतिर नहर, नहरको छेउमा मन्थली शहर’ प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि वाम गठबन्धनले जारी गरेको संयक्त प्रतिबद्धतापत्रमा महत्वाकांक्षी योजनाको रुपमा देखिएको छ । वाम गठबन्धनले विभिन्न जलाशययुक्त आयोजनालाई चुनावी एजेण्डा बनाएको छ । खिम्तीखोला कोरिडोरमा पाँचवटा, लिखु कोरिडोरमा सातवटा,...