समाचार

ऐतिहासिक मुसिकोटमा संग्रहालय र भ्यु टावर बन्ने

– प्रकाश सिलवाल मुसीकोट, गुल्मी, ६ मंसिर । ऐतिहासिक महत्वको मुसीकोट दरबारस्थलमा संग्रहालय र भ्यु टावर बन्ने भएको छ । तत्कालीन बाइसे÷चौसिबे राज्यमध्येको एक उक्त दरबार क्षेत्र पछिल्लो समय संरक्षणविहीन भएका बेला मुसिकोट नगरपालिकाले पौराणिक महत्वका सामग्रीको संरक्षणका लागि संग्रहालय र एक भ्यु टावर निर्माणको योजना अघि सारेको हो...

चुनावी नारामा चीन–नेपाल–भारत जोड्ने तमोर करिडोर

हरि लामिछाने र सन्तोष पुर्कुटी ताप्लेजुङ, ६ कात्तिक । उत्तरी छिमेकी मुलुक चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग (तमोर करिडोर) निर्माणलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी नाराका रूपमा अगाडि सारेका छन् । पहिलो चरणको निर्वाचनअन्तर्गत यही मंसिर १० गते हुने निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक...

मकवानपुरे व्यवसायीलाई कर शिक्षा

हेटौँडा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालयको आयोजना तथा मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा मकवानपुरमा विभिन्न व्यवसाय संचालन गर्दैै आएका व्यवसायीहरुलाई करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यता तथा राजश्व कार्यालय हेटौंडाका प्रमुख राजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कर अधिकृत रामप्रकाश मण्डलले...

झापाली जनताको भनाइ : भोट त काम गर्नेलाई पो दिने हो

– हरि लामिछाने झापा, ५ मंसिर । जिल्लाको मेचीनगर–१० मा त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएका ६७ वर्षीया प्रेमप्रसाद पोखरेल (फलाहारी)लाई राजनीतिक दलले दिने गरेको आश्वासनप्रति कहिल्यै विश्वास लाग्दैन । उहाँ पटक–पटक निर्वाचनमा सहभागी हुनुभयो तर यो दललाई मतदान गरे वा गर्छु भनेर भन्नुभएन । राज्य पुनः...

डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

डडेल्धुरा, ५ मंसिर । डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी गरेका हुन् भने भागेश्वर गाउँपालिमा सोमबार तालावन्दी गरिएको छ । कुल ११ वडा रहेको अमरगढी नगरपालिकाका पाँच जना वडाध्यक्ष र...

महन्थ ठाकुरलाई बागी र वामको चुनौती

गौशाला, ५ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक एवं महोत्तरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महन्थ ठाकुरलाई आफ्नै बागी र वामगठबन्धनका उम्मेदवारको चुनौती देखिएको छ । सो क्षेत्रमा संयोजक महन्थ ठाकुरसँगै राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र नेकपा (एमाले)का उम्मेदवार विजयकुमार चौधरीले...

बढी भाडा लिनेलाई कारबाही नभए मत नदिने

–पूर्णप्रसाद मिश्र काठमाडौँ, ५ मंसिर । देश चलाउन आवश्यक ऐन कानून बनाउने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएको छ । यसअघि सांसदले बनाएका ऐन कार्यान्वयन नभएका कारण जनताले सास्ती पाएकोमा अहिले मत माग्न घर÷घर पुगेका नेता, कार्यकर्ताको ध्यान गएको छैन । धेरै ऐन कार्यान्वयन भएको छैन । यसमध्ये एउटा...

विद्यालय पाठ्यपुस्तकमा सुरक्षित इन्टरनेटसम्बन्धी जानकारी न्यून

– कुमार चौलागाई काठमाडौँ, ५ मंसिर । विद्यालय तहमा इन्टरनेट तथा कम्प्युटरको सुरक्षित प्रयोगसम्बन्धी एथेष्ट पाठ्य सामग्री नभएको एक अध्ययनले देखाएको छ । अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा काम गर्दै आएको संस्था फ्रिडम फोरमले कक्षा ५ देखि १२ सम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तकको अध्ययन गर्दा यस्तो देखाएको हो ।...

विस्तृत शान्तिसम्झौताको एघार वर्ष : पीडितले न्याय पाएनन्

काठमाडौँ, ५ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा पनि पीडितले न्याय पाउन नसकेको ठहर गरेको छ । आयोगले आज विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले सरकार मानवअधिकारप्रति संवेदनशील नभएको बताउनुभयो । आयोगले गरेका सिफारिस कार्यान्वयनमा...

गाउँगाउँमा मनाइयो अन्तराष्ट्रिय बालअधिकार दिवस

मकवानपुर, ५ मंसिर । ‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन बित्छ पढ्न र लेख्न मुस्किल छ ।’ चर्चित पुरानो बालगीत बज्न थालेपछि एक हुल बालबालिका गोठालेको भेषमा मञ्चमा देखा परे । मञ्चमा गाईबस्तुको आकृतिमा केही बालबालिकाले रोचक अभियन देखाए । पूरा बालगीत भर यी गोठालेले...