समाचार

मकवानपुरमा बिहानै फेला पर्यो १ सय १३ केजी गाँजा, एक जना परे पक्राउ

मकवानपुर, २७ साउन । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित बजारबाट आज एकाबिहानै ठूलो परिमाण्मा अबैध लागुऔँषध गाँजा प्रहरीले बरामद गरेको छ । गाँजासँगै एक सवारी चालक समेत पक्राउ परेको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय मनहरीले कार्यालय अगाडि रहेको चेक...

मकवानपुरबाट बेचिए २२ युवती, विवाहको बहानामा कोठीमा बास

हेटौँडा, २७ साउन । मकवानपुरमा गएको ३ वर्षमा २२ जना युवतीहरु बेचबिखनमा परेका छन् । आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्मको तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएका मानव बेचबिखन तथा ओसारपसार मुद्धमा २२ जना युवती पिडीत रहेको आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ । मुद्धामा रहेका मध्ये प्रलोभनमा...

मकवानपुरबाट १० जना जुवाडे पक्राउ

मकवानपुर, २७ साउन । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारबाट १० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले २ लाख रुपैँयासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले त्यहाँस्थित सयपत्री होटलमा तास खेलिरहेको सूचनाको आधारमा उनीहरुलाई २ लाख २७ हजार ८ सय १५ रुपैँयासहित पक्राउ गरेको हो । पक्राउ...

खाडी जाने नेपाली कामदारलाई यसरी ठग्छन् मेडिकल संस्थाले, यी हुन् ठग्ने संस्था (विवरण सहित)

काठमाडौं २७ साउन । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी...

नेपाल भारत साहित्य महोत्सव २०१८ बाट सुमार्गी सम्मानित

मकवानपुर २७ साउन । नेपाल भारत साहित्य महोत्सव २०१८ को अवसरमा हेटौडा एकेडेमीका अध्यक्ष अरुण राज सुमार्गी तथा निर्देशक अंकिता सुमार्गी नेपाल भारत अन्तरास्ट्रिय रत्नबाट सम्मानित भएका छन् । हेटौडा ११ मा अवस्थित हेटौडा एकेडेमीमा शंनिबार भएको भारतीय र नेपाली कबि तथा साहित्यकारहरुको जमघटमा भारतीय साहित्यकारहरुले कान्तिधारा साहित्य एकेडेमीको...

नेकपा मकवानपुरको सचिव तत्कालिन माओवादी केन्द्रबाट हुने, को को छन् आकाँक्षी ?

मकवानपुर २७ साउन । नेकपा मकवानपुरको सचिवमा तत्कालिन नेकपा माओवादीबाट नेतृत्व गर्ने नेकपाको आन्तरीक छलफल भए अनुसार माओवादी केन्द्रको कार्यदल बैठक हिजो शनिबार बसेको छ । बैठकमा कुनै ठोस निणर्य नभएपनि सचिव पदका लागि ३ जनाको विषयमा आन्तरीक छलफल भएको बैठकमा सम्मिलित एक नेताले तु खबरलाई जानकारी दिए ।...

मकवानपुर बक्सिङ संघलाई ४० हजारको खेल सामाग्री

हेटौँडा, २६ साउन । मकवानपुर बक्सिङ संघलाई ४० हजार बराबरको खेल सामाग्री सहयोग प्राप्त भएको छ । संघलाई भ्याली कोल्ड स्टोर्स बालाजु,काठमाडौले खेल सामाग्री सहयोग गरेको हो । सशस्त्र प्रहरीका किरण थापा, सशस्त्रका बक्सिङ खेलाडी अनिल दाहाल र पूर्णबहादुर लामाले बक्सिङ संघका लाला पौडेललाई खेल सामाग्री हस्तान्तरण गरेका हुन्...

लियो क्लब अफ हेटौँडा सुर्योदयमा नयाँ नेतृत्व

हेटौँडा, २६ साउन । लियो क्लब अफ हेटौँडा सुर्योदयमा नयाँ नेतृत्व चयन भएको छ । क्लबको अध्यक्षमा लियो सौरव अधिकारी चयन भएका हुन् । अधिकारीले वर्ष २०१८÷१९ को लागि अध्यक्ष पदको जिम्मेवारी सम्हालेका हुन् । क्लबको प्रथम उपाध्यक्षमा इन्द्रप्रसाद लम्साल, द्वित्तिय उपाध्यक्षमा प्रदिप पराजुली, तृतिय उपाध्यक्षमा सुवम लम्साल, सचिव...

हेटौँडामा मउवा संघ माईकिङ गर्दै चाबी माग्दै, पसल बन्द, कसले सुन्ला सूचना ?

हेटौँडा, २६ साउन । हेटौँडा बजारको मुख्य क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत हेटौँडा उपमहानगरपालिकाले नो पार्किङ घोषणा गरेपछि विरोधमा उत्रिएका हेटौँडाका व्यवसायीहरुलाई मकवानपुर उद्योग वाणिज्य संघले शनिबार बिहानैबाट माईकिङ गरेर चाबी बुझाउन आग्रह गरेको छ । उपमहानगरले बिना विकल्प पार्किङ निषेध गरेको विरोधमा आन्दोलनरत व्यवसायीहरुसँग आईतबार चाबी उठाउन आउने...

हेटौँडामा बालगृहलाई खाद्यान्न सहयोग

हेटौँडा, २६ साउन । नेपाल औँषधि व्यवसायी संघ मकवानपुरले हेटौँडामा सञ्चालित एक बालगृहलाई शनिबार खाद्यान्न सहयोग गरेको छ । हेटौंडा–५ मा रहेको ग्रामिण जीवनस्तर सुधार मञ्चद्वारा सञ्चालित बालगृह ‘हाम्रो घर’ लाई खाद्यान्न सामग्री सहयोग गरिएको हो । संघले बाल गृहलाई ३० हजार बराबरको खाद्यान्न सहयोग गरेको संघका अध्यक्ष सुधीर...