समाचार

हाँडीखोलामा बिग्रेको बाटो मर्मत गर्न तरुणहरु एकजुट

मकवानपुर, २७ साउन । मकवानपुरको मनहरी गाउँपालिका–५ हाँडीखोलाका तरुण युवाहरुले श्रमदान गरी करिब डेढ किलोमिटर हिलो तथा बिग्रेको बाटो निर्माण गरेका छन् । हाँडीखोलाको दर्दरादेखि डिल्लीपुरसम्मको बिग्रेको फायरलायन सडक निर्माण गरिएको हो । बर्षाको कारण आम सर्वसाधारणलाई हिंडडुल गर्नै समस्या भएपछि तरुण युवाको सक्रियतामा कांग्रेस मकवानपुर सभापति, ३ नम्बर...

विराटनगर महानगरपालिकाका मेयर पराजुलीकै कार्यकक्ष अगाडी बम विष्फोट

विराटनगर २७ साउन । विराटनगर महानगरपालिकाको कार्यलय भित्रै बम विष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिनै बम विष्फोट भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । विष्फोटको कारण मानविय क्षत्री भने भएको छैन् । विस्फोट किन र कसले गरायो भन्ने विषयको अझै पुष्टी हुन सकेको छैन् । कुकर बम...

मनहरी गाउँपालिकाले बोटे बस्तीमा पुगेर पोशाक र कापीकलम दियो

मनहरी २७ साउन । अल्पसंख्यक बोटे समुदायका बालबालिकाहरुको शैक्षिक समस्या समाधान गर्नका लागि मनहरी गाउँपालिकाले मनहरी गाउँपालिका ७ स्थित चौधघरेमा छात्रबृत्ति बितरण गरेको छ । गाउँपालिका अन्तर्गतको बाल संरक्षण समितिले बोटे समुदायमै पुगेर बालबालिकालाई पोशाक, कापी कलम तथा शैक्षिक सामग्री बितरण गरेको हो । ७ नं वडा अध्यक्ष ठाकुरराम...

मकवानपुरको मनहरीमा १ सय १३ किलो गाँजा सहित १ जना पक्राउ

मकवानपुर २७ साउन । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । ११३ किलो गाँजा सहित प्रहरीले आज विष्णुभक्त क्षेष्ठलाई बिहान पक्राउ गरेको हो । चितवनको शक्तिखोरबाट गाँजा लोड गरी बाराको जितपुर गईरहेको ना ४ख २९३ नम्बरको कन्टेनर ट्रक...

तादि नदिमा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो

काठमाडौं २७ साउन । नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका ७ शिखरवेशी स्थित तादि नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक जनाको शव साउन २६ गते एपीएफ टोलीले निकालेको छ । साउन २४ गते शिखरबेशी स्थित तादि नदिमा पौडी खेल्ने क्रममा १८ वर्षिय राम पण्डित नदिमा डुवेर बेपत्ता भएका थिए ।...

नो पार्किङको विषयमा आन्दोलन होईन छलफलबाटै समाधान गर्नुपर्छ : महेन्द्र राउत

मकवानपुर २७ साउन । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव महेन्द्र राउतले अहिले ‘नो पार्किङ’को विषयमा व्यवसायीलाई नै मर्का पर्नेगरी मउवा संघले आन्दोलन गर्नुको कुनै औचिच्य नभएको बताए । व्यवसायीहरुको संगठन मउवा संघले व्यवसायीकै पसलको चावी जवजस्ती खोस्दै नगरपालिकामा बुझाउने तयारी गर्नु अस्वभाविक भएको उनको भनाई छ । मउवा संघले...

मेयर ज्यू, अब हेटौंडाका जनता चाहिँदैन ?

मकवानपुर २७ साउन ।  करिब १ महिनादेखि हेटौंडा बजार क्षेत्र ‘नो पार्किङ’ जोनको समस्यामा गुज्रिरहेको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालय मार्फत् नो पार्किङ क्षेत्र घोषणा गरेपछि व्यवसायीदेखि आम सर्वसाधारण मारमा परेका छन् । १५ महिनाअघि तीनै व्यवसायी र हेटौंडेली जनताको मत पाएर हेटौंडा उपमहानगरपालीकाको प्रमुख ९मेयर०मा...

प्रदेश सरकारको मुख ताक्दा ताक्दै हेटौंडामा बासुदेव सभागृहको बिजोक, हेउनपाको १ करोड कता गयो ?

मकवानपुर २७ साउन । निर्माण सुरु भएको १४ बर्ष बितिसक्दापनि सम्पन्न हुन नसकेको हेटौंडाको बाशुदेव सभागृहको बाँकी कामले अझैं केहि समय निरन्तरता नपाउने देखिएको छ । ३ नम्बर प्रदेशको राजधानीको रुपमा हेटौंडालाई तोकिएसंगै प्रदेश सभाको रुपमा प्रयोग गरिने चर्चा केहि समय बजारमा चलेकै हो । सोहि चर्चासंगै हेटौंडा उपमहानगरपालिकाले...

मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यू

मकवानपुर, २७ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ५ सुपिङमा घाँस काट्न गएका एक वृद्धको लडेर ज्यान गएको छ । भिरबाट लडेर वडा नम्बर ५ सुपिङका ६० वर्षिय गोपालप्रसाद पुडासैनीको ज्यान गएको हो । शनिबार बिहान घाँस काट्न गएको बेला भीरबाट लडेर पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ...

हेटौँडाको सालक पार्कमा पर्यावरण विषयक काव्य गोष्ठी

मकवानपुर, २७ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ मा अवस्थित सालक पार्कमा शनिबार पर्यावरण विषयक काव्य गोष्ठी सम्पन्न भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको २२७ औँ साहित्य श्रृङ्खला अन्तगर्त गोष्ठी भएको हो । चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष अर्जुन दाहालको प्रमुख आतिथ्य तथा झर्ना साहित्यिक परिवारका...