समाचार

माओवादी केन्द्र मकवानपुरको बैठकमा रस्साकस्सी

मकावानपुर २८ साउन । तत्कालिन माओवादी केन्द्र मकवानपुरको बैठक अहिले हेटौंडामा जारी छ । माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाको केन्द्रिय निर्देशन अनुसार नेकपाको जिल्ला नेतृत्वको लागि नेकपाबाट कसको नाम कार्यदलमा पठाउने भन्ने विषयको टुंगो लगाउँन केन्द्रको बैठक बसेको हो । स्रोतका अनुसार माओवादी केन्द्रबाट सचिव र...

अघिल्लो आर्थिक वर्षमा ३ लाख २३ हजारले गर्भपतन गराए

काठमाडौं २८ साउन । अघिल्लो आर्थिक वर्षमा तीन लाख २३ हजार महिलाले सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट गर्भपतन गराएका छन् । तीमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाको भनाइ छ । महाशाखाअन्तर्गत सुरक्षित मातृत्व शाखाकी प्रमुख डा। पुण्या पौडेलका अनुसार औषधि पसलबाट औषधि किनेर ‘मेडिकल एबोर्सन’...

आदर्शवादी र क्रान्ति गर्छु भन्नेहरुको पनि पारा उस्तै, छोरीलाई जन्मनै निषेध, छोराको चाहाना (हेर्नुहोस् तथ्याङक)

काडमाडौं २८ साउन । नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ । विज्ञहरूका अनुसार सुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान पाउँदा...

मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता मोनिका घले घोषित

न्यूयोर्क २८ साउन । न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुको छनौट गरिएको थियो । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता...

नो पार्किङको विषयमा मौखिक सहमति, मउवा संघको आन्दोलन फिर्ता,नो पार्किङ कायमै

मकवानपुर २७ साउन । चारदिनदेखि नो पार्किङका बिरुद्धमा आन्दोनमा उत्रिएको मकवानपुर उद्योग बाणिज्यसंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । करिब एक महिना लामो समयदेखि आन्दोलनमा उत्रिएका ब्याबसायीहरुले लिखीत सहमती नगरीकन सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । हेटौंडाको मुख्यबजार क्षेत्रमा हेटौंडा उपमहनागरपालिका, जिल्ला प्रशाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय...

फोनिजको स्थापना दिवसमा हेटौँडामा अन्तरक्रिया

हेटौँडा, २७ साउन । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १९ औँ स्थापना दिवसको अवसरमा आज हेटौँडामा अन्तरक्रिया कार्यक्रम भएको छ । फोनिजले उठाउनुपर्ने विषय र वर्तमान समयमा आदिवासी जनजाति पत्रकार तथा आदिवासी जनजातिका सवालमा फोनिजको दायित्वका बारेमा छलफल भएको हो । फोनिज मकवानपुरको आयोजनामा भएको कार्यक्रम फोनिज मकवानपुरका...

बेथा ठीक बनाईदिन्छु भन्दै युवतीलाई बलात्कार गर्ने मकवानपुरका यी झाँक्री पक्राउ परे

काठमाडौं २७ साउन । राजधानीको प्याफलमा लामो समयदेखि झारफुक गर्दै आएका ६४ वर्षीय कृष्ण प्रसाद नेपाल अर्थात ‘झाँक्री बा’ युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् । झारफुक गर्न आएकी ३० वर्षिया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरेपमा उनलाई महानगरीय प्रहरी परिसर...

‘नो पार्किङ’को विषयमा हेउनपा र मउवा संघबिच सहमति, के के छन् शर्त

मकवानपुर २७ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य संघबिच नो पार्किङको विषयमा सहमति भएको छ । लामो समयदेखि विवादमा रहेको यस विषयमा आज दुवै संस्थाबिच सहमति भएको हो । तर नो पार्किङको विषयमा पूर्ण रुपमा हटिसकेको भने छैन । सहमतिमा हेटौंडाका सडकमा उपभोक्ताले मात्रै एकतर्फी २...

‘ए सरकार’ को म्युजिक भिडियो भीमफेदी गाइजद्वारा सार्वजनिक (भिडियो सहित)

हेटौँडा, २७ साउन । पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीको शब्दमा रहेको ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको दिन पारेर भीमफेदी गाइजले यो म्युजिक भिडियोलाई बजारमा ल्याएको हो । पुष्पन प्रधानले स्वर दिएको गीतमा विकास पाण्डेको...

मकवानपुरको मनहरीमा तरुणद्वारा बिग्रेको बाटो मर्मत

मकवानपुर २७ साउन । मकवानपुरको मनहरी गाउँपालिका–५ हाँडीखोलाका तरुण युवाहरुले श्रमदान गरी करिब डेढ किलोमिटर हिलो तथा बिग्रेको बाटो निर्माण गरेका छन् । हाँडीखोलाको दर्दरादेखि डिल्लीपुरसम्मको बिग्रेको फायरलायन सडक निर्माण गरेका हुन् । बर्षाको कारण आम सर्वसाधारणलाई हिंडडुल गर्नै समस्या भएपछि तरुण युवाको सक्रियतामा कांग्रेस मकवानपुर सभापति, ३ नम्बर...