समाचार

होस्टेलको छतबाट खसेर मृत्यु

काठमाडौं २९ साउन । काठमाडौं महानगरपालिका ३१ बानेश्वर प्रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेश्रो तलाको छतबाट खसेर १ जनाको मृत्यु भएको छ । सर्लाही मलगंवा नगरपालिका १० घर भएका सन्तोष कुमार कर्णको ४ वर्षीया छोरी साक्क्षकुमारी कर्ण सोमबार मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ । होस्टेलको...

जवरजस्ती करणीको अभियोगमा १ जना पक्राउ

उदयपुर २९ साउन । जवरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका १२ बस्ने २६ वर्षीय बिकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियार समेतका ३ जनाले सोमबार सोही नगरपालिका २ मोथिहायी बस्ने १७ वर्षीया किशोरीलाई स्थानीय बसपार्कबाट ललाई फकाई स १ह २१९४ नम्बरको अटो रिक्सामा लिएर गई चौदण्डीगढी नगरपालिका १०...

टेलिफोन वा फेसबुकबाट धम्की नदिनुस्, एक वर्ष जेल पर्नुहोला

हेटौँडा, २९ साउन । तपाईले कसैलाई टेलिफोनमा धम्की दिने गर्नु भएको छ ? तपाईलाई थाहा छ कि छैन, तपाईको फोनको रेकर्ड टेलिकमसँग सुरक्षित हुन्छ, सुरक्षाको सवालमा प्रहरीले जुनसुकै बेला टेलिफोन रेकर्ड सुन्न सक्छ । त्यस्तै फेसबुकमा भएको च्याट हिस्ट्री पनि तपाईले डिलिट गरे पनि जुनसुकै बेला निकाल्न सकिन्छ ।...

मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार

मकवानपुर २९ साउन । मकवानपुरको हुमाने भञ्ज्याङमा आज एउटा सुमोमाथि बम प्रहरा भएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको सुमोमाथि पेट्रोल बम प्रहार भएको सुचना प्राप्त भएको छ । तर घटनाको विषयमा पूर्ण जानकारी भने आईसकेको छैन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले बम प्रहार भएको...

मिस्टर एण्ड मिस फ्रेसर नेपालका बिजेता बने रमेश डाँगी र लक्ष्मी राउत

  काठमाडौँ २९ साउन । एक्सप्लोर इन्टरटेन्मेण्टको आयोजनामा सम्पन्न भएको मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८ सिजन वानमा रमेश डाँगी र लक्ष्मी राउत बिजेता बनेका छन् । आफुलाई अन्य प्रतिस्प्रधी भन्दा फरक, बौद्धिक रुपमा अब्बल साबित गर्दै रमेश डाँगी र लक्ष्मी राउत २०१८ को अन्तिम छनौटमा अन्य प्रतिस्प्रधीहरुलाइ पछि...

भवनको अभावमा हेटौंडा अस्पतालको डायलिसिस सेवा अझै संचालनमा आएन

मकवानपुर २९ साउन । हेटौंडा अस्पताल परिसरमा रहेको क्षेत्रिय स्वास्थ्य निर्देशनालयको भवन खाली नहुँदा डायलिसिस मेसिन राख्नको लागि समस्या भएको छ । ३ बर्ष अधिदेखि मृगौलाको डायलिसिस गर्ने गरी स्थापना गरिएको अस्पतालको भवनमा क्षत्रिय स्वास्थ्य निर्देशनालयले आफ्ना सामान राखेको कारण समस्या भएको हो । क्षेत्रिय स्वास्थ्य निर्देशनालयका कार्यालय सम्बन्धी...

स्थानीय तह मनपरी रुपमा कर उठाउँदै, चौतर्फी विरोध

काठमाडौ २९ साउन । देशभरका स्थानीय तहले मनपरी कर उठाउन र बढाउन थालेका छन् । यसको व्यापक विरोध सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्वयं यसमा चिन्तित देखिन्छ । ‘जथाभावी कर लिएको नागरिकवाट अत्यधिक गुनासा आएका छन् । सबै स्थानीय तहलाई औचित्यका आधारमा मात्र कर...

‘कर बढाउन र तलब तोक्न’ जनप्रतिनिधिहरु आफ्नै हात जगन्नाथ

विराटनगर २९ साउन । स्थानीय तहमा जितेर जानेबित्तिकै जनप्रतिनिधिले दुइटा काममा हतार गरे जथाभावी कर लगाउन र आफ्नै तलब टन्न तोक्न। जब प्रदेश संसदले कानुन बनाएर तलबको दायरा तय गर्‍यो, अप्ठ्यारोमा परे। किनकि, सबैजसो स्थानीय तहले निर्धारण गरेको सुविधा त्यसभन्दा बढी थियो। फसाद पर्‍यो अब के गर्ने ? धेरैजसो...

प्राकृतिक विपद्का कारण ५ सय २९ जनाको ज्यान गयो

काठमाडौं २९ साउन । पछिल्ला चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाको ज्यान गएको छ । झन्डै दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको छ । भारी वर्षा, बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । चार महिनामा यी तीन कारणले ज्यान जानेको संख्या ३००...

स्थानीय तहका यी हुन् उदाहरणीय काम, महिलाका लागि सबैतिर निराशा होईन आशा लाग्दा काम पनि भएका छन्

काडमाडौं २९ साउन ।गर्भवतीको निःशुल्क भिडियो एक्सरे, सुत्केरीलाई एम्बुलेन्स सेवा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दा एकपटकको भिडियो एक्सरे खर्च बेहोर्ने निर्णय गरेको छ । मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा भिडियो एक्सरेको सुविधा दिइएको छ । त्यस्तै, सुत्केरी हुँदा स्वास्थ्य संस्थासम्म पु(याउन लाग्ने एम्बुलेन्स भाडा पनि नगरपालिकाले उपलब्ध गराउने भएको...