समाचार
मकवानपुरमा बन्दको प्रभाव यस्तो रह्यो
तस्वीर जी. न्यौपाने मकवानपुर २९ साउन । नेत्र विक्रम चन्द विप्लपले गरेको बन्दको प्रभाव मकवानपुमा पनि परेको छ । अप्रिय घटनाहरु धेरै नभएपनि बन्दको प्रभाव राम्रै संग भएको पाईएको छ । बजारमा अधिकाँश पसलहरु बन्द देखिएका थिए भने साना तिना केहि पसलहरु मात्रै संचालनमा आएका थिए । बन्दकै कारण...
बर्दियामा करेन्ट लागेर १ जनाको मृत्यु
बर्दिया २९ साउन । ठाकुरबाबा ९ बेतनीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बस्ने ७० वर्षीय दलबहादुर कुमालको पंङ्खा चलाउने क्रममा करेन्ट लाग्दा सोमबार घटनास्थलमै मृत्यु भएको हो । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
विराटनगरका रौनियार पानीमा डुवेर बेपत्ता भए
मोरङ, २९ साउन । बिराटनगर महानगरपालिका १ बस्ने १९ वर्षीय सजिन रौनियारको पानीमा डुबेर बेपत्ता भएका छन् । सोही महानगरपालिका ४ स्थित रहेको केशलिया खोलामा पौडी खेल्ने क्रममा मंगलबार डुबेर बेपत्ता भएका हुन् । स्थानीयबासीको सहयोगमा प्रहरीले रौनियारको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय...
कपिलबस्तुमा एक महिला मृत अवस्थामा फेला
कपिलवस्तु २९ साउन । कृष्णनगर नगरपालिका ६ सानो नर्सरीमा एक जनाको बेवारीसे शव फेला परेको छ । अन्दाजी ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लागूऔषध गाँजा सहित पक्राउ
बारा २९ साउन । भारत मोतीहारी नरकटीया बस्ने ५० वर्षीय लक्ष्मण साह र भारत रक्सौल बस्ने ७० वर्षीय पासपत साहलाई लागूऔषध गाँजा अन्दाजी ३ केजी २ सय ग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका(२२ स्थित सडकमा शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरू उक्त...
आसरा सुधार केन्द्रको २०औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं २९ साउन । आसरा सुधार केन्द्र, रानीबारीकी अध्यक्ष श्रीमती प्रमिला खनालको उपस्थितिमा सोही केन्द्रको २०औं वार्षिक साधारणसभा केन्द्रको कार्यालय रानीबारीमा मंगलबार सम्पन्न भएको छ । साधरणसभामा आर्थिक वर्ष २०७४।०७५ को प्रतिवेदन, कार्यकारिणी समितिका पदाधिकारी नियुक्ति, लेखा परीक्षक नियुक्ति लगायतका विषयमा छलफल भएको थियो ।
उपभोक्ता मञ्च नेपाल मकवानपुरमा नयाँ नेतृत्व
हेटौँडा, २९ साउन । उपभोक्ता मञ्च नेपाल मकवानपुरको मंगलबार सम्पन्न भेलाले नयाँ नेतृत्व सहित कार्यसमिति चयन गरेको छ । अधिवेसनले मञ्चको अध्यक्षमा कुमार पौडेललाई चयन गरेको हो । मञ्चको मंगलबार हेटौँडामा सम्पन्न जिल्ला भेलाले पौडेलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । मञ्चको उपाध्यक्षमा कपिल अर्याल...
माओवादी मकवानपुरमा डामाडोल, विष्टलाई नेकपा जिल्ला सचिव बनाउने चलखेल
हेटौँडा, २९ साउन । केन्द्रमा एकता भएसँगै प्रदेश र जिल्ला तहमा समेत एकताको लागि जुटेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा जिल्लागत एकताका सवालमा डामाडोल अवस्था देखिएको छ । तु खबरलाई प्राप्त पछिल्लो जानकारी अनुसार तत्कालिन माओवादी केन्द्र मकवानपुरबाट विष्णु विष्ट आदर्शलाई नेकपा जिल्ला सचिव बनाउने एलौटी समझदारी भएको छ...
बाँकेमा पानीमा डुबेर १ जनाको मृत्यु
काठमाडौं २९ साउन । बाँके डुरुवा गाउँपालिका ५ खग्रहवा बस्ने २१ वर्षीय युगेश गिरीको पानीमा डुबेर मृत्यु भएको छ । सोही स्थानमा रहेको खग्रहवा नालामा सोमबार डुबेर मृत्यु भएको अवस्थामा उनी फेला परेका थिए । त्यसैगरी कैलाली गोदावरी नगरपालिका ३ बस्ने कमल चौधरीको ३ वर्षीया छोरी नन्दनी चौधरी मोहना...
जयबागेश्वरी मन्दिर नजिकै एक जनाको शव फेला
काठमाडौं २९ साउन । काठमाडौं महानगरपालिका ८ जयबागेश्वरी मन्दिर नजिक प्रतिक्षालयमा एक जनाको शव फेला परेको छ । शंकरापुर नगरपालिका ३ जर्सिङपौवा घर भएका ६३ वर्षीय पूर्णबहादुर सुनुवारको शव सोमबार फेला परेको हो । त्यसैगरी काभ्रे मण्डन देउपुर नगरपालिका ५ बस्ने ७७ बर्षीय नानीबाबु पुरी सोही ठाउँस्थित जंगलमा सोमबार...








