समाचार
सवारी दुर्घटनामा परेका २ जनाको ज्यान गयो
काठमाडौँ, ३० साउन । मुलुकका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा परी थप उपचार गराइरहेका २ जनाको ज्यान गएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका-६ स्थित थापा पार्टी प्यालेस नजिक बा.१९प ३३६१ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही नगरपालिका-५ बस्ने सिन्धुपाल्चोक चौतारा घर भएकी ७० वर्षीया लक्ष्मी श्रेष्ठ र ६५ वर्षीया मैया...
लागुऔषध सहित ३ जना युवक पक्राउ
मोरङ,३० साउन । ग्रामथान गाउँपालिका-६ बाट सुन्दर हरैचा नगरपालिका-१० बस्ने १८ वर्षीय अंकित गुरुङ सहित ३ जनालाई नियन्त्रित लागूऔषध डाईजेल्याप सहित पक्राउ गरिएको छ । उनीहरुलाई डाईजेल्याप २ एम्पुल, एभिल ३ एम्पुल, सिरिन्स ३ थान र नूर्पिmम ३ एम्पुल सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले...
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
काठमाडौं,३० साउन । मनमैजु नगरपालिका-३ भत्केको पुल बस्ने नुवाकोट टाडी गाउँपालिका-२ घर भएका २२ वर्षीय शेरामान तामाङ, नुवाकोट टाडी गाउँपालिका-४ घर भई हाल काठमाडौं मनमैजु बस्ने २० वर्षीय राजकुमार तामाङ, २४ वर्षीय प्रेम सिंह तामाङलाई अवैध रुपमा राखेको १ थान संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित मंगलबार प्रहरीले पक्राउ...
भन्सार छलेर सुन ल्याउने २ जना पक्राउ
काठमाडौं,३० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको कार पार्किङ एरियाबाट बिदेशबाट आगमन भएका यात्रुहरुलाई भंसार छली गर्न लगाई अवैध रुपमा सुन संकलन गरी लैजान लागेका २ जनालाई २ सय ४९ ग्राम सुनका बाला सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा कल्याणपुर नगरपालिका-३ बस्ने सन्तोष कुमार चौधरी र...
नक्कली नेपाली रुपैयाँ सहित २ जना पक्राउ
झापा, ३० साउन । भारत दार्जिलिङ सिलगुडी घर भएका ४० वर्षीय सतिस अग्रवाल र २४ वर्षीय हितेस अग्रवाललाई ५० हजार नक्कली नेपाली रुपैयाँ सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । मेची नगरपालिका-६ मेची भंसार गेट अगाडि भारतबाट नेपालतर्फ आँउदै गरेका उनीहरुलाई प्रहरीले जाँच गर्दा सतिसको साथबाट एक हजार दरका...
मकवानपुरमा अखाद्य वस्तुको व्यापार मौलाउँदै
जी. न्यौपाने/ चाडपर्व नजिकिँदै गर्दा चिल्ला र राम्रा फलफुल, तरकारी, मिठाईहरु बजारभरि बिक्रीको लागि सजाएर राखेको देखिन्छन् । किन्नेहरुको पनि त्यत्तिकै भिड हुन्छ र पसलेहरुलाई पनि भ्याईनभ्याई हुन्छ । यो चाडपर्वको बेलामा यसै भिडमा राम्रो आमदानी गर्ने उदेश्यले फुटपाथको पसलहरु पनि संचालनमा आउने गरेका छन् । चारैतिर मानिसहरुको भिडलाई...
सरकारलाई ठगे १० वर्ष जेल, जनता ठग्नेलाई ७ वर्ष !
३० साउन, काठमाडौं । नेपालमा हुने धेरै आपराधिक घटनाबारे ठगी मुख्य हो । वैदेशिक रोजगारीमा पठाइदिने नाममा धेरै व्यक्ति ठगिएका छन् । व्यवसायी सुधीर बस्नेतले अपार्टमेन्ट दिने नाममा पनि धेरैलाई ठगी गरे । कडा कारबाही क्षतिपूर्तिको व्यवस्था नहुँदा यस्ता अपराध गर्नेहरु निरुत्साहित नहुने र पीडितहरु सधैं पीडित नै रहने...
मकवानपुरे नेकपा नेताहरुको पदका लागि हानथाप, सहमति नजुटेपछि सबै आकांक्षीको नाम सिफारिस
हेटौँडा, ३० साउन । मानिसहरु राजनीतिमा किन लाग्न चाहान्छन् ? समाजको विकासका लागि कि आफ्नै विकासका लागि ? यो कुरा पत्ता लगाउनकालागि देशभरि नै पार्टीका नेताहरुको लुँछाचुँडी हेरे पुग्छ । मकवानपुरे जनताहरुले समेत यो कुरालाई विगत केही वर्ष यता नजिकैबाट नियाल्न पाएका छन् । पछिल्लो चरण अन्तर्गत नेकपाको जिल्ला...
हेटौँडामा घरबेटीहरुको यस्तो ज्यादती
–जी. न्यौपाने हेटौँडा, ३० साउन । घर भाडामा लगाएर मोटो रकम असुल्ने घरवालाहरुले घरबहाल कर नतिर्ने कुरा खुल्न आएको छ । यता पानी बत्तिको मिटरको पैसा पनि आफुखुशी उठाउने, भाडामा बस्नेसँग फोहोरको पैसा पनि लाग्नेभन्दा डबल–टेब्बर नै लिने , घरभाडामा बस्नेहरुसँग घरभाडा पनि मज्जाले लिने त्यसमाथि पनि घरबहाल कर...
अब खोला तर्दा पनि जनतालाई कर
पुल बनाउँछु भन्दै मत माग्ने नेताले अब डुंगाबाट खोला तर्न बाध्य जनताबाट कर उठाउन थाले कर उठाउन घाट–घाटमा ठेकेदार स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्ने स्थानीयले अब उपमहानगरलाई कर तिर्नुपर्ने भएको छ ।...









