समाचार

बलेखी खोलामा टिपर खस्यो, चालक हालसम्म बेपत्ता

चौतारा, ३० साउन । सिन्धुपाल्चोकको बलेखी खोला ए जलविद्युत् आयोजनाको टिपर आज बिहान ११ बजे नदीमा खसेर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । आयोजनाका अध्यक्ष उमेश कसजुका अनुसार वा ४ ख ९५८० नंका चालक जुगल गाउँपालिका–३ गुम्बा निवासी ३५ वर्षीय साङ लामा बेपत्ता भएका हुन् । सुरुङको माटो...

भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु

रसुवा, ३० साउन । तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करीब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन् । उनीहरु दुवै...

सिन्धुपाल्चोकका छ दर्जन घर पहिरोको जोखिममा

चौतारा, ३० साउन । अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् । भूकम्पपछि पुनःनिर्माण गरिएको घरमा सर्न साइत पर्खेर बसेका खड्काको अन्नपातसहितको दुईतले घर पुरिएको वडाध्यक्ष कमलबहादुर खड्काले जानकारी दिनुभयो । करीब ४० मिटर...

नुवाकोटमा बस दुर्घटना हुँदा एकको मृत्यु, ५८ घाइते

नुवाकोट, ३० साउन । विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी...

हेटौँडामा ११ वर्षदेखि कोरियन भाषा प्रशिक्षण गराईरहेका डंगोल आफ्नो अनुभव यसरी सुनाउँछन्

जी.न्यौपाने मकवानपुर ३० साउन । कोरीया यूवा पुस्ताको लागि सहज गन्तव्य भएको कारणले अधिकाँश युवा पुस्ता कोरीया जान आकर्षीत भएको देखिन्छ । अरु केहि नजानेपनि भाषा सिकेरै भएपनि कोरीया जाउँ भन्ने यूवाहरु पनि थुप्रै छन् । नेपाली वातावरणमा काम पाउने, पारिश्रमिक पनि राम्रै हुने भएकोले कोरीयामा राम्रो रोजगारीको अवसर...

आगलागी भएर लाखौँको क्षति

काठमाडौँ, ३० साउन । मुलुकका विभिन्न स्थानहरुमा भएको आगलागीमा लाखौँको धनमाल जलेको छ । काठमाडौँको चन्द्रगिरी नगरपालिका-२ बाडभञ्जयाङ बस्ने गणेश रेग्मीको घरमा सोमबार आगलागी हुँदा करीव १० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । उदयपुरको कटारी नगरपालिका-५ घोर्ले बस्ने हस्तबहादुर मल्लको घरमा सोमबार आगलागी हुँदा अन्नपात, भाडाबर्तन,...

करेन्ट लागेर २ जनाको ज्यान गयो

काठमाडौँ, ३० साउन । मुलुकका विभिन्न स्थानहरुमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । सप्तरीको महादेवा गाउँपालिका-२ बस्ने ५० वर्षीय कपलेश्वर मण्डलको मंगलबार आफ्नै धान कुट्ने मिल चलाउने क्रममा अचानक करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको छ । सिरहाको कल्यानपुर नगरपालिका-५ बस्ने १७ वर्षीय रुपेश यादबको मंगलबार करेन्ट लागेर...

३ जना मृत अवस्थामा फेला

काठमाडौं,३० साउन । मुलुकका विभिन्न स्थानहरुमा ३ जना व्यक्तिहरु मृत अवस्थामा भेटिएका छन् । चन्द्रागिरी नगरपालिका-८ कन्चनबस्तीस्थित भुवन श्रेष्ठको च्याउ खेतीको टहरामा सोही नगरपालिका-१२ गुरुजुधारा घर भएकी ४३ वर्षीया अप्सरा सापकोटा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी नागार्जुन नगरपालिका-६ बाफल बस्ने बैतडी मेलौनी नगरपालिका-१ घर भएकी जानुका...

मकवानपुरका कन्सल्टेन्सीलाई १० दिने परामर्श तालिम

मकवानपुर ३० साउन । मकवानपुरका विभिन्न शैक्षिक परामर्श केन्द्रहरुलाई शैक्षिक परामर्श तालिम प्रदान गरिएको छ । शैक्षिक परामर्श संघ मकवानपुरको आयोजनामा साउन २१ गते सुरु भएको तालिमको समापन आज गरिएको हो । तालिममा मकगवानपुरका विभिन्न शैक्षिक परामर्श केन्द्रका २५ जनाको सहभागिता रहेको थियो । तालिमलाई टि आई टि आईका...

हेलिकप्टरको पंखाले लागेर यात्रुको मृत्यू

हुम्ला, ३० साउन । नाम्खा गाउँपालिका-१ स्थित हेलिप्याडमा सिमिकोटबाट हिल्सा आएको मनाङ एयरको हेलिकप्टर ल्याण्ड भई यात्रुहरु झर्ने क्रममा एक जनाको ज्यान गएको छ । भारत महाराष्ट्र मुम्बई घर भई कैलाश ट्रेकर्सद्धारा मानसरोवर दर्शन गर्न आएका ४२ वर्षीय नगेन्द्र कुमार कार्तिक मेहतालाई मंगलबार हेलिकप्टरको पछाडीको पंखाले लाग्दा घटनास्थलमै मृत्यु...