समाचार

इन्द्रसरोवरमा सक्रिय महिला बचतको वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर, ३१ साउन । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ४ मा रहेको सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको१८ औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । प्रदेश नम्बर ३ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । ९७...

करिब ४५ करोड लागतमा भीमफेदी–कोगटे–ईपा हुँदै काठमाडौँ जोड्ने पक्की सडक बन्ने

मकवानपुर, ३१ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गतको भिमफेदी बजारदेखि कोगटे–इपा हुँदै काठमाडौँसम्म पुग्ने छोटो मार्गको पक्की सडक बन्ने भएको छ । करिब ४५ करोड लागतमा बन्ने ‘भिमफेदी–कोगटे–इपा–देउराली रोड परियोजना’ निर्माण गरिएसँगै भिमफेदीबाट छोटो समयमा नै काठमाडौँ पुग्न सकिनेछ । सडक निर्माणका विषयमा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाउँपालिका अध्यक्ष...

आजदेखि हेटौँडामा नो पार्किङको क्षेत्र बढ्यो, कान्तिलोकपथमा पनि ‘नो पार्किङ’ सुरु

हेटौँडा, ३१ साउन । मकवानपुरको हेटौँडा बजार अन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथसहित स्कूलरोड लगायतका भित्री क्षेत्रमा मात्र सिमित ‘नो पार्किङ’ को क्षेत्र आजबाट थप विस्तार भएको छ । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतका अनुसार आजबाट हेटौंडा बजार क्षेत्रमा पर्ने कान्तिलोकपथमा पनि नो पार्किङ लागू भएको छ ।...

फिल्म सुटिङ गर्न दैनिक एक हजार कर, घाटा लागेको व्यवसाय बन्द गर्न पनि १० हजार कर

तनहुँ, ३१ साउन । तनहुँको बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा फिल्म तथा म्युजिक भिडियो सुटिङ गर्नेलाई दिनको एक हजार रुपैयाँ कर तोकेको छ । बजार क्षेत्रमा ड्रोन क्यामेरा प्रयोग गरे पाँच सय रुपैयाँ दस्तुर लाग्नेछ । प्याराग्लाइडिङ उडाएको एक हजार कर तोकेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ...

विद्यार्थीलाई फोहोर कर, हजामदेखि चना चटपटे बेच्नेलाई पनि कर

मोरङ, ३१ साउन । मोरङको बुढीगंगा गाउँपालिकामा हजामले दैनिक २० रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । चनाचटपटे बेच्नेले ३० रुपैयाँ, मेहन्दी लगाउनेले १० रुपैयाँ तथा चटक देखाउनेलाई २० रुपैयाँ कर तोकिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । त्यस्तै कटहरी गाउँपालिकामा चिया बेच्नेले वार्षिक ११ सय...

मकै पोल्नेदेखि परेवा पाल्ने सम्मलाई पनि कर, भैँसी बेच्नेलाई एक हजार कर

रुपन्देही, ३१ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । खुद्रा तरकारी व्यापारीलाई वार्षिक १२ सय र ठेलामा फलफूल बिक्री गर्नेलाई...

ग्रिबमाथि स्थानीय तहको ज्यादती–गरिब भएको प्रमाण लिन पनि कर

रुकुम, ३१ साउन । सर्वसाधारणले आफू गरिब भएको प्रमाणित गर्न पनि स्थानीय तहलाई कर बुझाउनुपर्ने भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले गरिब प्रमाणित शीर्षकमा २५ रुपैयाँ कर तोकेको छ । आजको नयाँ पत्रिकामा समाचार छ । त्यस्तै विवाह दर्ता गर्न मात्र होइन, विवाहित र अविवाहित पुष्टि गर्न पनि...

अचम्म ! बेपत्ता भएको मानिस जिउँदै फर्किएमा पनि कर तिर्नुपर्ने

रुकुम, ३१ साउन । रुकुममा बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ । रुकुम पूर्व र पश्चिमका स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय...

गल्लीको पसलमा कर, क्यारेमबोर्ड खेलाउनेलाई र मासु बेच्नेलाई पनि कर

काठमाडौँ, ३१ साउन । मोरङका स्थानीय तहले गल्लीका पसल–पसलमा समेत कर तोकेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकामा क्यारेमबोर्ड खेलाउने पसलले वार्षिक एक हजार कर तिर्नुपर्ने भएको छ । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । त्यस्तै ग्रामथान गाउँपालिले हाटबजारमा खसी र सुँगुर काटेर बेच्नेलाई प्रतिदिन तीन सय र...

मकवानपुरे सञ्चारकर्मी जयराम मोक्तानलाई काठमाडौँमा सम्मान गरिने

मकवानपुर, ३० साउन । मकवानपुरे सञ्चारकर्मी जयराम मोक्तानलाई काठमाडौँमा सम्मान गरिने भएको छ । आउँदो भदौ १ गते परेको २४ औँ तामाङ प्रसारण दिवसका अवसरमा मोक्तान सहित केही संचारकर्मीलाई नेपाल राष्ट्रिय तामाङ घेदुङले सम्मान गर्न लागेको हो । हाल मकवानपुरको मनहरी एफ.एम.मा कार्यरत मोक्तान, तामाङ पत्रकार संघ मकवानपुर जिल्ला...