समाचार

मनहरीमा मोटरसाईकलले अटोलाई ठक्कर दियो

मकवानपुर, ३० साउन । पश्चिम मकवानपुरको मनहरी ८ सिमपानीमा आज सवारी दुर्घटना भएको छ । मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको मोटरसाईकलले सोही दिशातर्फ जादै गरेको अटोलाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । ना २ ह २४४१ नम्बरको आटोलाई ना ५५ प २७९७ नम्बरको...

मकवानपुरमा दुधको मुल्य बढाउन माग गर्दै विरोध प्रदर्शन

मकवानपुर, ३० साउन । दूधको मूल्य उचित ढंगले पाउनुपर्ने माग गर्दै मनहरीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत दूध संकलन गर्ने किसानहरुले हातमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गरेका छन् । मनहरी गाउँपालिका वडा नं ९ ज्यामिरेमा रहेको दूग्ध संकलन केन्द्रमा दूध लिएर आएका किसानहरुले कालोपट्टि बाँधेर बिरोध जनाएको मनहरीबाट...

हेटौँडामा लागुऔषध प्रयोगकर्तालाई घरबाटै प्रहरीले समातेपछि….

हेटौँडा, ३० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ बाट प्रहरीले घरमै गएर लागुऔषध खैरो हेरोईन प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा ८ मैदा टोलमा बस्ने ३३ वर्षीय हरिकृष्ण कार्कीलाई नियन्त्रणमा लिएको हो । साउन २९ गते दिउँसो करिब साढे ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट...

मोबाईल चोरेको आरोपमा हेटौँडाबाट एक किशोर पक्राउ

हेटौँडा, ३० साउन । हेटौँडामा मोबाईल चोरेको आरोपमा एक किशोरलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । साउन २९ गते बिहान करिब साढे ६ बजेको समयमा हेटौँडा ४ स्थित सडकमा शंकास्पद रुपमा हिँडिरहेका रौतहट जिल्लाको चन्द्रपुर बस्ने १८ वर्षीय अनिल राईलाई नियन्त्रणमा लिइएको हो । उनको शरिर खानतलासी गर्दा रेडमी...

प्रदेश तहका कर्मचारीको व्यवस्थापन प्रदेश सरकारले गर्ने

काठमाडौँ ३० साउन । मुलुकभर प्रदेश स्तरका कर्मचारीको व्यवस्थापन ,खटनपटन सम्बन्धीत प्रदेशको सरकारलेनै गर्ने भएको छ । यस अघि प्रदेश तहमा सङ्घ केन्द्रले कर्मचारी खटाउँदै आएपनि अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने भएको छ । साथै प्रदेश सरकारको लागि एकमुष्ट कर्मचारी हुने समेत भएको छ...

लगातार युट्युबमा ट्रेण्डिङमा पर्दै गिरिजा अधिकारीको ‘ए सरकार’

हेटौँडा, २९ साउन । मकवानपुरे पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीको शब्द रहेको ‘ए सरकार’ बोलको गीतको म्यूजिक भिडियो लगातार युट्युब ट्रेण्डिङमा परेको छ । भिमफेदी गाईजले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेसँगै युट्युबमा भाइरल भएको गीत सार्वजनिक भएको ४८ घण्टा नपुग्दै युट्युब ट्रेण्डिङको ४५ औँ नम्बरमा परेको थियो । त्यसपश्चात...

तामाङ सञ्चारमा योगदान पुराएका पुर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुरले सम्मान गर्ने

हेटौँडा, ३० साउन । मकवानपुरमा तामाङ सञ्चारका क्षेत्रमा उल्लेखनीय योगदान दिएकी पूर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुर शाखाले सम्मान गर्ने भएको छ । रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गते मनाइदै आइरहेको ‘तामाङ प्रसारण दिवस’ को अवसर पारेर गोलेलाई सम्मान...

प्रेस स्वतन्त्रताको चिन्ता सरोकारवाला निकायलाई धेरै

काठमाडौँ ३० साउन । आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता ऐन २०७४ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन र सेन्टर फर मिडिया रिसर्च–नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा पत्रकारितासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिले...

बजारको व्यस्त सडकमा छाडा चौपायाको कारण समस्या

दाङ ३० साउन । तुलसीपुर बजारमा छाडा चौयाया व्यवस्थापन हुन नसक्दा नगरवासीलाई निकै समस्या हुने गरेको छ । बजार मुख्य चोकचोकमा यतिखेर ठूलो सङ्ख्यामा छाडा चौपायाले बिगबिगी मच्चाएका छन् । ती चौपायाले बजार क्षेत्रमा लगाएका बोटबिरुवा खानुका साथै सवारी आवागमनमा समेत समस्या भएको छ । तुलसीपुर बजार विभिन्न चोकचोकमा...

हिजो साँझदेखि सप्तरीका एक बालक बेपत्ता खोजेर सहयोग गरिदिन परिवारको आग्रह

लहान ३० साउन । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बजारबाट मङ्गलबार साँझदेखि एक बालक बेपत्ता भएका छन् । शम्भुनाथ नगरपालिका–१० निवासी देवनारायण सदाको १५ वर्षीय छोरा आकाशकुमार मङ्गलबार साँझबाट बेपत्ता भएको स्थानीयवासी अनिल सदाले जानकारी दिए । कठौना बजारमा लाग्दै आएको हटियामा आएका आकाश साँझ ७ बजेबाट अचानक बेपत्ता भएका...