समाचार
हेटौँडाबाट ३ वटा ट्याक्टर नियन्त्रण, १५ हजार जरिवाना
हेटौँडा, ०२ भदौ । अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने ३ वटा ट्याक्टरलाई मकवानपुर प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौँडा १५ रातोमाटेबाट ना ३ त ८०७, ना ५ त ५०४४ र ना ६ त ९३९१ नम्बरको ट्याक्टरहरुमा अबैध रुपमा...
तामाङ प्रसारण दिवसमा मकवानपुरकी पुर्णिमा गोलेलाई तामाङ पत्रकारिता सम्मान
हेटौँडा, ०१ भदौ । मकवानपुरमा तामाङ सञ्चारका क्षेत्रमा बिगतमा उल्लेखनीय योगदान दिएकी पूर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुर शाखाले आज सम्मान गरेको छ । रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गते मनाइदै आइरहेको ‘तामाङ प्रसारण दिवस’ को अवसर पारेर गोलेलाई...
१६५ वर्षपछि मुलुकी ऐन विस्थापित, आजबाट नयाँ कानुनी युग सुरु
काठमाडौं १ भदौ । एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहितासहित पाँचवटा कानुन एकसाथ लागू हुँदै छन्। मुलुकी अपराध संहिता(२०७४, मुलुकी देवानी संहिता(२०७४, मुलुकी फौजदारी कार्यविविधि संहिता(२०७४, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० संहिता( २०७४ र मुलुकी देवानी कार्यविधि संहिता( २०७४ शुक्रबारदेखि एकसाथ...
स्थानीय तह निर्दलीय होइन, तर दलका नेता किन मौन ?
नारायणकाजी श्रेष्ठ प्रवक्ता, नेकपा काठमाडौं १ भदौ । स्थानीय तहको अभ्यास नयाँ भएकाले केही अन्योल र केही जटिलता छ । अहिले आएका सबै टिप्पणी र आलोचनात्मक पक्षलाई हामीले ध्यान दिइराखेका छौँ । त्यसैले हामी तीनवटै तहको सरकारको पफर्मेन्सलाई कसरी प्रभावकारी बनाउने र जनताको कुरा सुनेर कति ठीक–बेठीक छ भन्ने सन्दर्भमा गम्भीरतापूर्वक...
काम देखाउने बाध्यताले जनप्रतिनिधिले कर बढाए : अशोक राई,नेता संघिय फोरम
काठमाडौं १ भदौ । नर्वाचित भएको एक वर्ष भइसक्दा केही काम गर्नुपर्ने बाध्यतामा स्थानीय जनप्रतिनिधि छन् । त्यो दबाबबाट अत्तालिएर सकारात्मक सोचबाट जनप्रतिनिधिले कर बढाए । संघीयतामाथि नै प्रश्न उठाउने प्रयास भएको छ । वास्तवमा यो कार्यान्वयनमा ढंग नपुगेको र अनुभवको कमीका कारण विवादजन्य निर्णय भएको देखिन्छ । कर तिर्ने कि नतिर्नेभन्दा पनि...
जनताको गाँस काटेर आफु चल्ने सरकारबाट मुलुकको विकास होला त ?
काठमाडौं १ भदौ । तीन वर्षअघि देशमा ठूलो भुइँचालो गएको थियो । त्यो भुइँचालो जानुभन्दा महिना दिनअघि वर्तमान प्रधानमन्त्री केपी ओली एमालेका अध्यक्षका रूपमा धरहरा चढेको घटना कतिले सम्झिएका छन् रु यो अनुमान गर्न सकिने कुरा होइन । ओलीजी केटाकेटीदेखिको आफ्नो रहर पूरा गर्न धरहरा चढेका थिए कि त्यसका...
आज २४ औँ तामाङ प्रसारण दिवस, मकवानपुरसहित विभिन्न स्थानमा कार्यक्रम हुँदै
हेटौँडा, ०१ भदौ । आज भदौ १ गते अर्थात तामाङ प्रसारण दिवस , विद्युतीय सञ्चार माध्यममा पहिलोपटक तामाङ भाषाले प्रवेश गरेको दिनको सम्झनामा तामाङ सञ्चारकर्मीहरुले यस दिनलाई तामाङ प्रसारण दिवसको रुपमा मनाउँदै आएका छन् । आजभन्दा २४ वर्षअघि अर्थात २०५१ साल भदौ १ गतेका दिन पहिलोपटक रेडियो नेपालमा तामाङ...
पदमपोखरीमा भदौ १ र २ गते एकिकृत घुम्ती शिविर हुँदै
हेटौँडा, ३१ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ लाई लक्षित गरी यही भदौ १ र २ गते वडा नम्बर १२ पदमपोखरी मिलन चोकमा एकिकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ । जनताको घरदैलोमा सेवा पुर्याउने उद्देश्यले नागरिकता प्रमाण–पत्र वितरण, फोटोसहितको मतदाता परिचय पत्र नामावली संकलन...
ल्यापटप सहित लाखौँको चोरी
काठमाडौं,३१ साउन । काठमाडौं महानगरपालिका-२८ पुतलीसडकस्थित रजनी श्रेष्ठको साहारा ईन्टरनेश्न ल कन्सर्टेन्सीबाट बिहीबार ल्यापटप ३ थान गरी करीब १ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । यसैगरी काठमाडौं टोखा नगरपालिका-९ गोंगबु लक्ष्मीनगरस्थित समुन्द्रदेवी सहकारीबाट नगद ४ लाख रुपैयाँ र सिमसार बचत सहकारी संस्थाबाट नगद २ लाख...
पोल्याण्डमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं,३१ साउन । वैदेशिक रोजगारमा पोल्याण्ड पठाईदिन्छु भनि रकम लिई ठगी गरेको अभियोगमा युक्रेनी नागरिक २६ बर्षीय BITALI BILYA र २३ वर्षीया NATALIIA MELNYCHUK लाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले काठमडौं पुतलीसडकमा “पिपुल वर्क ग्रुप” नामको कार्यालय संचालन गरी पोल्याण्डामा सजिलै रोजगारमा जान सकिने, मासिक ९० हजार देखि...










