समाचार

गीत सुनाउँदै मेयर फकाएका हेटौँडाका व्यवसायीले ताला चाबी जिम्मा लाउने

हेटौँडा, २६ साउन । बजारको मुख्य क्षेत्रमा उपमहानगरले बिना विकल्प पार्किङ निषेध गरेको विरोधमा आन्दोलनरत हेटौँडा बजारका व्यवसायीले उपमहानगरलाई पसलको चाबी बुझाउने भएका छन् । नो पार्किङको विरुद्धमा व्यवसायीहरुको आन्दोलनको अगुवाई गरिरहेको मकवानपुर व्यवसायी संघले सोमबारसम्म तय गरेको आन्दोलनको कार्यक्रम अनुसार सोमबार हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई ताला चाबी...

युवाहरुको क्षमता अभिवृद्धिका लागि हेटौँडामा ५ दिने तालिम सम्पन्न

हेटौँडा, २५ साउन । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर हेटौँडामा युवाहरुका लागि ५ दिने सहजकर्ता सहजीकरण तालिम सम्पन्न भएको छ । बाल कल्याण समाज मकवानपुरको आयोजना तथा प्लान इन्टर नेशनलको सहयोगमा ‘जीवन उद्यमशिल बनाऔँ’ भन्ने नारा सहित ‘आर्थिक संलग्नताका लागि युवाहरुको क्षमता अभिवृद्धि सहजकर्ता सहजीकरण’ तालिम प्रदान गरिएको हो...

पर्साका बद्री महतोको घरमा आगलागी हुँदा लाखौंको क्षति

पर्सा २५ साउन । बीरगंज महानगरपालिकाको एक घरमा आगलागी भएको छ । वडा नम्बर २८ बगही निवासी बद्री महतोको घरमा लामखुट्टे धपाउन बालेको आगोबाट शुक्रबार आगलागी हुँदा घर तथा घरसँगै जोडिएको गोठ जलेर करीव ४ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको हो । आगलागीमा परी १...

काठमाडौंमा बेवारीसे शव फेला

काठमाडौं,२५ साउन । काठमाडौं महानगरपालिका २० रामघाटस्थित बिष्णुमती खोलामा वेवारीसे शव फेला परेको छ । अंदाजी २ वर्षीया बालिका बिहीबार खोलाले बगाई ल्याएको अवस्थामा मृत फेला परेकी हुन् । त्यसैगरी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ९ ज्यामिरे बस्ने ४२ वर्षीया सरस्वती खड्का बुधबार सोही नगरपालिका १ राकाथोकस्थित माइतीघर आएकीमा सुतेकै स्थानमा...

राजधानीको बिच सडकबाटै स्कुटर चोरी

काठमाडौं २५ साउन । काठमाडौं महानगरपालिका २८ कालिकास्थानस्थित पाथ सेट कन्सलटेन्सी अफिस पछाडि स्कुटर र स्कुटरको डिकिभित्र रहेको नगद समेत चोरी भएको छ । सुनसरी ईटहरी उपमहानगरपालिका–६ घर भई हाल काठमाडौं अनामनगर बस्ने स्वेता उप्रेतीले पार्किङ गरी राखेको बा ५०प ७६६३ नम्बरको स्कुटर र सो स्कुटरको डिक्की भित्र रहेको...

बाँधको पानीमा डुबेर एक जनाको मृत्यु

काठमाडौं २५ साउन । कपिलवस्तु माँयादेवी गाउँपालिका ६ बरसुरुवा बस्ने १८ वर्षीय ईन्साफ अली बढईको बिहीबार पानीमा डुबेर मृत्यु भएको छ । घरदेखि १ कि मि पूर्वमा रहेको सिसई नदीको फाँटमा बाँध खसेर डुव्दा असक्त भएकोले आफन्तले उद्धार गरी घरमा लैजादाँ मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको...

यस्तो बन्यो गिरिजा अधिकारीको ‘ए सरकार’ को पोष्टर, भिमफेदी गाईजले भिडियो सार्वजनिक गर्ने

हेटौँडा, २५ साउन । रेकर्डिङको समयदेखि नै चर्चामा रहेको गीत ‘ए सरकार’ को पोष्टर रिलिज गरिएको छ । उच्च शिक्षा हासिल गरेर दक्ष भइसक्दा पनि नेपाली युवाले बेरोजगार भई विदेशीनुपर्ने बाध्यताका विभिन्न पाटाहरुलाई समेटेर शब्द सिर्जना गरिएको गीतको म्यूजिक भिडियोको पोष्टर शुक्रबार सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोको पोष्टरलाई...

ढुङगा खसेर लाग्दा बालिकाको मृत्यु

नुवाकोट २५ साउन । जस्ताको छानो माथि राखेको ढुंगा खसेर लाग्दा ककनी गाउँपालिका ७ चतुराकी एक बालिकाको मृत्यु भएको छ । सोहि गाउँपालिका बस्ने बिशाल दर्जीकी ६ वर्षीया छोरी सरु दर्जीको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ । ढुंगा माटोले बनेको कच्ची घरको छानोको खाँबो बिहीबार...

मोटरसाईकल पल्टिएर नालिमा पुग्दा ३४ बर्षिय कार्कीको मृत्यु

ललितपुर २५ साउन । ललितपुर महानगरपालिका २७ सुनाकोठीस्थित सडकमा बा ७७ प ५२० नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई सडक छेउको नालीमा पल्टेर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । दुर्घटनामा परी मोटरसाईकलका चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सुदिप कार्की गम्भीर घाइते भएकोले उपचारको लागि बिएण्डबि अस्पताल लैजाने...

धनुषामा अज्ञात समुहले गोली प्रहार गरेपछि

धनुषा २५ साउन । अज्ञात समुहले गोली प्रहार गर्दा मिथिला नगरपालिका ८ बस्ने पुष्पलाल श्रेष्ठ घाईते भएका छन् । करीब १०/१२ जनाको समूहमा आएका लुटेरा समूहले गोली प्रहार गर्दा श्रेष्ठ घाइते भएका छन् । गएराति उनको घरमा लुटेराहरुले लुटपाट गर्न खोजेपछि श्रेष्ठले प्रतिकार गर्दा उक्त समूहले गोली प्रहार गरी...