समाचार

नेपाल जेसीजको स्थापना दिवसमा विविध कार्यक्रम

मकवानपुर । नेपाल जेसीजको ६० औं स्थापना दिवसको अवसरमा थाहा नगरमा क्रियाशिल पालुङ जेसीजले विविध कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा पालुङ जेसीजले असोज १ गते मंगलबार जसीआई मिसनका विषयमा अन्तरक्रिया कार्यक्रम, दीप प्रज्ज्वलन र चियपान कार्यक्रमको आयोजना गरेको हो । ती सबै कार्यक्रम पालुङ जेसीज वर्ष २०२४...

स्वदेशी उत्पादनमा जोड दिन मन्त्री तामाङको आग्रह

हेटौंडा । बागमती प्रदेशको, उद्योग वाणिज्य, भूमि व्यवस्था तथा प्रशासनमन्त्री सुकमाया तामाङले स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरेकी छन् । मन्त्री तामाङले भरतपुरस्थित औद्योगिक प्रदर्शनीमा बडादशैँ स्वदेशी जुत्ता चप्पल व्यापार मेलाको उद्घाटन गर्दै मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरेकी हुन् । उनले नेपाल धेरै वस्तुको...

लागूऔषध चरेशसहित एक जना पक्राउ

पर्सा । पर्साको वीरगंज महानगरपालिका–२, डम्पिङ घाडीबाट अवैध लागूऔषध चरेशसहित मंगलबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत अगरा उत्तर प्रदेश कुडोल फतेहावाद बस्ने ४२ वर्षीय गोपाल गिरी रहेका छन् । उनलाई लागूऔषध चशेर २ किलो ९ सय ६० ग्रामसहित इलाका प्रहरी कार्यालय छपकैया समेतबाट खटिएको प्रहरीले...

बागमती प्रदेशः भ्रष्टाचार सम्बन्धी बढी उजुरी वन र भौतिक मन्त्रालयविरुद्ध

मकवानपुर । भ्रष्टाचार सम्बन्धी बढी उजुरी पर्ने मन्त्रालयमा बारामती प्रदेशका दुई मन्त्रालय रहेको पाइएको छ । सात प्रदेशका भ्रष्टाचार सम्बन्धी बढी उजुरी परेका १० मन्त्रालयमध्येमा बागमतीका वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको पाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष...

रास्वपाको राष्ट्रिय भेलाः आजबाट समूहगत छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आज पनि जारी रहनेछ । भेला काठमाडौंको प्रज्ञा भवनमा मंगलबारबाट सुरु भएको हो । आजको भेलामा मंगलबार प्रस्तुत गरिएको सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुने, आज नै दलका नेताहरूले प्रश्नको उत्तर दिने र सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत...

आज दुई संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज अर्थ समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । जसअनुसार, अर्थ समितिको बैठक ११ बजे बस्नेछ । सो बैठकमा समितिको आन्तरिक छलफल हुने संसद् सचिवालयले जनाएको छ । त्यस्तै, सङ्घीयता सबलीकरण...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार, देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ । त्यसको प्रभावले हाल...

आजदेखि सुरु भयो सोह्रश्राद्ध

मकवानपुर । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात सोह्रश्राद्ध आज (बुधबार) देखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिन्छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा...

अखिल क्रान्तिकारी बागमतीको अध्यक्षमा पौडेल

मकवानपुर । अखिल क्रान्तिकारी बागमती प्रदेशको अध्यक्षमा अर्जुन पौडेल विजयी भएका छन् । क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्ष पदमा पौडेल विजयी भएका हुन् । पौडेलले निकटतम प्रतिद्वन्द्वी अशोक देवकोटालाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उक्त पदमा पौडेलले २३२ मत प्राप्त गर्दा देवकोटाले १४३ मत प्राप्त...

इन्द्रसरोवर तालमा विपद् उद्दारको नमुना अभ्यास

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर तालमा विपद् उद्दार नमुना अभ्यास गरिएको छ । विपद्को समयमा सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि उक्त तालमा विपद् उद्दारको नमुना अभ्यास गरिएको हो । कार्यक्रम सशस्त्र प्रहरी बल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरको आयोजना भएको हो । कुनैपनि विपद्का घटनामा छिटोभन्दा छिटो कसरी उद्दार गर्न...