समाचार
मोबाईल खरिदमा स्कुटरका साथै थाइल्याण्ड भ्रमण प्याकेज
मकवानपुर । माबाईल एशोसिएसन अफ नेपाल (म्यान मकवानपुर) ले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी विभिन्न प्याकेज ल्याएको छ । म्यान मकवानपुरले नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै विभिन्न प्याकेज ल्याएको हो । म्यान मकवानपुरले सो बारेमा मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । उपहार...
संविधान दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विविध कार्यक्रम गरी मनाउने क्रममा हेटौंडामा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय मकवानपुरको व्यवस्थापनमा भएको हो...
बागमतीलाई खेलकुदमैत्री प्रदेश बनाउन सरकार प्रतिबद्ध छः मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको मंगलबार प्रदेशको राजधानी हेटौंडामा उद्घाटन गर्दै मन्त्री लामाले यस्तो बताएका हुन् । उनले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।...
सामाजिक सञ्जालमार्फत् अराजक गतिविधि फैल्याएको आरोपमा युवक पक्राउ
पर्सा । सामाजिक सञ्जालमार्फत् समाजमा अराजक गतिविधि फैल्याएको अभियोगमा प्रहरीले मंगलबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओम कुमार पटेल रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका–१५ प्रतिमाचोक नजिकबाट पक्राउ गरेको हो । प्रहरीका...
दुप्चेश्वरमा खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वरमा खोलाले बगाएर बेपध तीर्थयात्रीको शव फेला परेको छ । दुप्चेश्वरमा महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता हिमकुमारी अधिकारीको शव फेला परेको हो । प्रहरीका अनुसार, सोमबार मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का अधिकारीलाई...
संविधान दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिताको आयोजना
मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । मन्त्रालयले संविधान दिवसको अवसरमा क्साम्पसस्तरीय निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा पालुङ बहुमुखी क्याम्पसकी छात्रा स्मारिका ढकाल प्रथम भएकी छन् । ‘संविधान कार्यान्वयनका ९ वर्ष उपलब्धि र चूनौती’ विषयमा शिक्षा विकास निर्देशनालय, हेटौंडा–८...
पूर्वमन्त्री राजेन्द्र महतोले घोषणा गरे नयाँ दल
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टी गठन गरिएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले उक्त नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय...
बागमतीकी उद्योगमन्त्री तामाङद्वारा दाना उद्योगको निरीक्षण
मकवानपुर । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुकमाया तामाङले दाना उद्योगको निरीक्षण गरेकी छन् । मन्त्री तामाङले मंगलबार एक कार्यक्रमबीच चितनवको भरतपुर महानगरपालिका–६ स्थित उद्योगमै पुगेर अवलोकण गरेका हुन् । सो क्रममा उनले उद्योगलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले आफू सँधै उधमीहरुको पक्षमा...
मकवानपुरकी एकल महिलालाई पक्की घर हस्तान्तरण
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ५, बसन्तपुरकी एकल महिलालाई पालिकाका अध्यक्ष रन्जन कालाखेतीले पक्की घर बनाएर हस्तान्तरण गरेका छन् । लामो समयदेखि आवास विहिन अवस्थामा रहेकी सोनी राइलाई पालिका अध्यक्ष कालाखेतीले पक्की घर बनाएर मंगलबार एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् । अध्यक्ष कालाखेतीले आफ्नो पारिश्रमिक तथा सेवा...
घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाादीको भाउ घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार, सोमबारको तुलनामा मंगलबार सुनचाँदीको भाउ घटेको हो । आज सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज सुन प्रतितोला एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको...










