लागूऔषध चरेशसहित एक जना पक्राउ
पर्सा । पर्साको वीरगंज महानगरपालिका–२, डम्पिङ घाडीबाट अवैध लागूऔषध चरेशसहित मंगलबार एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत अगरा उत्तर प्रदेश कुडोल फतेहावाद बस्ने ४२ वर्षीय गोपाल गिरी रहेका छन् ।
उनलाई लागूऔषध चशेर २ किलो ९ सय ६० ग्रामसहित इलाका प्रहरी कार्यालय छपकैया समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, वीरगंजबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई उक्त चरेशसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
