समाचार
हेटौंडा आउँदै गरेको बसमा नक्कली नोट बरामद, एक जना पक्राउ
पर्सा । वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २१४७ नम्बरको मिनी बसमा प्रहरीले अवैध नक्कली नोट बरामद गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट बिहीबार एक हजार दरको ४७ थान नक्कली नोट बरामद गरेको जनाएको छ । साथै प्रहरीले उक्त बसमा सवार भारत बिहार राज्य मोतिहारी ग्राम...
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेसँगै मूल्यमा नयाँ रेकर्ड बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख...
हेटौंडामा जारी नकआउट फुटबलको आज दुई खेल हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा जारी नकआउट फुटबलको आज दुई खेल हुँदैछ । बडादशैं र शुभदिपावलीको अवसरमा आधामार टोल विकास संस्थाले आयोजना गरेको उक्त प्रतियोगिताको आज दोस्रो दिन दुई खेल हुने भएको हो । आज पहिलो खेलमा समृद्धि टोल विकास र नमोबुद्ध टोल विकासबीच प्रतिस्पर्धा...
आज कुन देशको विनिमयदर कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक २ गते बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.२२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.८२ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.८५ रुपैयाँ...
यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा हुने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जनाएको छ । त्यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ । साथै...
आजदेखि देशैभर भिटामिन र जुकाको औषधि खुवाइँदै
काठमाडौं । आजबाट देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई आजदेखि औषधि खुवाउन लागेको हो । उक्त राष्ट्रिय पोषणा कार्यक्रम अन्तरगत भोलि पनि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइँने मन्त्रालयले जनाएको छ । साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि...
दुर्घटनामा परेर टिपर चालकको मृत्यु
बुटवल । दाङको बंगलाचुली गाउँपालिकामा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, चुनढुँगा लिउन जान लगेको टिपर घोराही तापा सडकखण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा रा १ ख...
हेटौंडा हुँदै काठमाडौं जाने दुई सडक बन्द
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा हुँदै काठमाडौं जाने दुई सडक आजदेखि तीन दिन बन्द हुने भएको छ । हेटौंडा हुँदै काठमाडौं जाने कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द गर्न लागेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिए । मकवानपुरको ईन्द्रस्वरोवर गाउँपालिका वडा नम्वर २,...
खसोखासलाई १ लाख अमेरिकी डलरको पुरस्कार
न्युयोर्क । अमेरिकाको न्यूयोर्कबाट नेपाली समुदायका लागि संचालित मिडिया खसोखासलाई प्रेस फरवार्ड पुरस्कार प्रदान गरिएको छ । स्थानीय नेपाली पत्रकारितालाई अझ सुदृढ गर्नका लागि १ लाख डलर राशीसहित खसोखासलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो । स्थानीय समाचारलाई पुनः कल्पना गर्ने राष्ट्रिय पहल प्रेस फरवार्ड बाट खसोखासले पहिलो चरणमा नै...
बागमती प्रदेश प्रमुख देवकोटाद्वारा दुई वटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बिहीबार नेपालको संविधानको धारा २०१ को उपधार २ बमोजिम दुई वटा विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख देवकोटाले प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम...










