आजदेखि देशैभर भिटामिन र जुकाको औषधि खुवाइँदै

तु खबर संवाददाता
२०८१ कार्तिक २, शुक्रबार ०९:३७
file photo

काठमाडौं । आजबाट देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई आजदेखि औषधि खुवाउन लागेको हो ।

उक्त राष्ट्रिय पोषणा कार्यक्रम अन्तरगत भोलि पनि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइँने मन्त्रालयले जनाएको छ ।

साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न भनिइएको छ ।