दुर्घटनामा परेर टिपर चालकको मृत्यु
बुटवल । दाङको बंगलाचुली गाउँपालिकामा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिपर चालक गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार, चुनढुँगा लिउन जान लगेको टिपर घोराही तापा सडकखण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा रा १ ख १८५७ नम्बरको टिपर दुर्घटना भएको थियो । उक्त टिपर सडकदेखि करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
