हेटौंडा आउँदै गरेको बसमा नक्कली नोट बरामद, एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १५:२१

पर्सा । वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २१४७ नम्बरको मिनी बसमा प्रहरीले अवैध नक्कली नोट बरामद गरेको छ ।

प्रहरीले वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट बिहीबार एक हजार दरको ४७ थान नक्कली नोट बरामद गरेको जनाएको छ ।

साथै प्रहरीले उक्त बसमा सवार भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर–४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई पक्राउ गरेको छ ।

बसलाई रोकी जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिणामको नक्कली नोटसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवशयक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।