बागमती प्रदेश प्रमुख देवकोटाद्वारा दुई वटा विधेयक प्रमाणीकरण

तु खबर संवाददाता
२०८१ कार्तिक १, बिहीबार १८:०७

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले बिहीबार नेपालको संविधानको धारा २०१ को उपधार २ बमोजिम दुई वटा विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालनको सम्बन्धमा व्यवथा गर्न बनेको विधेयक  प्रमाणीकरण गरेका हुन् ।

यस्तै, प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि आएको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ पुनर्विचारका लागि बिहीबार प्रदेश सभामा फिर्ता पठाएका छन् ।  उक्त विधेयकमा व्यवस्था गरिएका केहि प्रावधानका विषयमा पुनर्विचार गर्नुपर्ने भएकाले प्रदेश सभामा पठाएको प्रदेश प्रमुखको कार्यलयले जनाएको छ ।