समाचार

आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी प्रदेश लगायत देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । साथै महाशाखाले ती क्षेत्रहरुमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले...

दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

बुटवल । दाङमा आज बिहान बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय...

पेस्तोल र गोलीसहित २ जना पक्राउ

रौतहट । रौतहटबाट शुक्रबार साँझ नलकटुवा पेस्तोल र गोलीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कटहरिया नगरपालिका ३ का वर्ष २६ का कमोद राम चमार र वर्ष ४४ को नेमालाल साह बानिया रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, ईन्टेलिजेन्ट ब्युरो र...

रास्वपाको केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने गरी आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, सो बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई प्रभावकारी...

सिस्नेरी पहिरोः मृतकका परिवारद्वारा दोषीलाई कारबाही गर्न माग

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीमा पहिरोमा पुरिएर मृत्यु भएका बाल खेलाडीको परिवारले दोषीलाई कारबाही गर्न माग गरेको छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै मृतकका परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत...

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । आज बस्ने सत्तारुढ दलहरूको बैठक आह्वान गरिएको छ । बैठक अपराह्न ३ बजे बस्ने गरी आह्वान गरिएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, बैठकमा मन्त्रीहरूको काम कारबाहीको समीक्षा, विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन,...

शुक्रबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ । बिहीबार तुलनामा शुक्रबार सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका आनुसार, बिहीबार प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम भएको सुन आज पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै, आव चाँदीको भाउ...

एक दम्पती मृत अवस्थामा फेला

धनगढी । कञ्चनपुरमा आज बिहान एक दम्पती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरू दुवै जना आफ्नै घरको आँगनमा मृत भेटिएका हुन् । उनीहरु दुबै...

मकवानपुरमा रक्षा संवाददाता अभिमुखीकरण सम्बन्धी तालिम सम्पन्न

मकवानपुर । मकवानपुरमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डीसीओपी) सम्बन्धी पाँच दिने तालिन सम्पन्न भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा गत कात्तिक ४ गतेबाट सुरु भएको उक्त तालिम बिहीबार सम्पन्न भएको हो । भीमफेदी गाउँपालिका वडा नम्वर १, स्थित श्री मध्य पृतना हे.क्वा सुपारेटार ब्यारेकमा भएको...

हेटौंडा जेसीजद्वारा लागूऔषधविरुद्ध अभिमुखीकरण

मकवानपुर । हेटौंडा जेसीजले हेटौंडा–९ लामसुरेधापस्थित सिआन महिला पुनःस्थापना केन्द्रमा लागूऔषधविरुद्ध अभिमुखीकरण कार्यक्रम गरेको छ । जेसीजले हेटौंडा–९ स्थित टोल विकास संस्था र आमा समूहका प्रतिनिधिहरुको उल्लेख्य उपस्थितिमा लागूऔषधविरुद्ध सचेतना जगाउँदै जेसीज सप्ताह २०२४ को छैठौँ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा लागूऔषध दूव्र्यशनीका कारण, दूव्र्यशनीले व्यक्ति र समाजमा...