समाचार

आज नेप्से ९ अंकले बढ्यो

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । नेपाली बजारमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । यसदिन नेप्से ९ दशमलव १९ अकंले बढेर २६१७ दशमलव ९५ बिन्दुमा कायम भएको छ । यस्तै, आज ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको...

बागमती प्रदेश प्रमुख देबकोटासमक्ष प्रतिवेदन पेश

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देबकोटासमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको कार्यालयबाट आर्थिक वर्ष २०८०–०८१ को आर्थिक कारोबारको लेखा परीक्षण सम्पन्न गरी तयार गरेको प्रतिवेदन पेश गरिएको हो । आइतबार एक कार्यक्रमबीच आयोगको हेटौंडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले प्रदेश...

मकवानपुरका युवक पक्राउ

धनुषा । जनकपुरको जनकपुर उपमहानगरपालिका–१४ बाबा आयलस सेन्टर नजिकबाट मकवानपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले करिब २ सय २१ किलो ३८ ग्राम गाँजासहित शनिबार पक्राउ गरेको हो ।...

बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

पोखरा । पोखरामा बोलेरो गाडीको ठक्करबाट आइतबार एक जनाको मृत्यु भएको छ । लेखनाथस्थित आदर्श चोकमा ग ३ च ४७५७ नम्बरको बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय वर्ष ५७ को सोनु खड्का रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर उनी गम्भीर...

दिव्यतारा सहकारीको साधारणसभा

मकवानपुर । हेटौंडा–२ स्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सहकारीका अध्यक्ष गणेश बल लामाको सभाध्यक्षमा तथा नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन समारोह भएको हो । साधारणसभामा कोषाध्यक्ष ज्ञानेन्द्र बर्तौलाले चालु आर्थिक वर्षको प्रस्तावित २३ करोड...

हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, पिपलबोटस्थित सडकबाट प्रहरीले शनिबार बिहान लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इलाम घर भएका ३५ वर्षीय दिपेश श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका–६ बस्ने २४ वर्षीय लालबाबु पासवान रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रित...

मकवानपुरको थाहामा प्लाष्टिकको फूल बिक्री–वितरणमा रोक

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा प्लाष्टिकको फूल बिक्री, वितरण एवम् प्रयोगमा रोक लगाइएको छ । फूलको अधिक प्रयोग गर्ने पर्व नजिकिएसँगै नगरपालिकाले नगरक्षेत्रमा प्लाष्टिकको फूल बिक्री, वितरण एवम् प्रयोगमा रोक लगाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले एक सूचना जारी गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न र प्लाष्टिकका...

बागमती प्रदेशमा बहुआयामिक गरिबी सात प्रतिशत

मकवानपुर । बागमती प्रदेशमा बहुआयामिक गरिबीमा रहेको जनसख्या सात प्रतिशत रहेको पाइएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन अनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसख्या १२.५९ प्रतिशत छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०–२०८१ मा प्रदेशको कुल गार्हस्थ...

जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी

नवलपुर । नवलपुरको देवचुली नगरपालिका २, दुम्कौलीमा जंगली च्याउको तरकारी खाँदा ५ जना बिरामी भएका छन् । गएराति स्थानीय धनमाया राजवंशीले जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बिरामी हुनेहरुमा स्थानीय ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया...

गैरहाजिर भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । विदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका १२ प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले एक सूचना जारी गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहित सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । प्रहरीले व्यक्तिहरुको नाम–ठेगाना...