समाचार

मकवानपुरमा बिहानै सवारी दुर्घटना, तीन जना घाइते

मकवानपुर । मदनभण्डारी लोकमार्ग अन्तरगत मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८, साततल्लेमा आज बिहानै सवारी दुर्घटना हुँदा भएको छ । बिहान ७ बजेको समयमा काठमाडौंबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ नं.को इभी गाडी (भ्यान) आफै अनियन्त्रित भई सडक छेउको नालामा खसेर दुर्घटना भएको मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद...

सरकारद्वारा १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले देशको १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौं, भक्तपुर र ललितपुरसहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको हो । बैठकले अविरल वर्षाका कारण बाढी र पहिरोले क्षति पुर्याएका १४ जिल्लालाई सङ्कटग्रस्त जिल्लाको रूपमा घोषणा गरेको...

गोरखामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

गोरखा । गोरखामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । डेंगु संक्रमणबाट जिल्लाको सिरानचोक गाउँपालिका–७, कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गत भदौ १० गते एपोलो अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उपचार भइरहेको बेला...

दशैँको तेस्रो दिनः आज चन्द्रघण्टा देवीको विशेष पूजा गरिँदै

काठमाडौं । आज बडादशैँ एवम् नवरात्रको तेस्रो दिन । आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवम् धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रही देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा साधारण बदली रही बाँकी...

लागूऔषधसहित हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडाबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ घर भई हाल हेटौंडा– १०, न्युरेनीमा डेरा गरी बस्ने वर्ष २७ को किरण सुनार रहेका छन् । उनलाई लागूऔषध खैरो हिरोइनको धुलो ३ ग्राम ५६० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित बिहीबार...

सिस्नेरी पहिरोः मृतक परिवारलाई राहत उपलब्ध

मकवानपुर । एक साताअघि आएको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर मृत्यु भएका मकवानपुरका खेलाडीको परिवालाई राहत उपलब्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीस्थित टेकरमा पहिरोमा पुरिएर मृत्यु भएका मकवानपुरका खेलाडीका परिवारलाई राहत उपलब्ध भएको हो । नेपाल सरकारको तर्फबाट मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)...

मदन भण्डारी प्रतिष्ठान बागमतीको उपकुलपतिले लिए शपथ

मकवानपुर । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान बागमती प्रदेशको नवनियुक्त उपकुलपति डा. प्रदिप ज्ञवालीले शपथ लिएका छन् । डा. ज्ञवालीले शुक्रबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले शपथ ग्रहण गराएका हुन् । सो क्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्रीहरु, सचिवहरु...

अवैध लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालाी, दाङ, मोरङ, काठमाडौं र सर्लाही जिल्लाको विविभन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय मिलिग्रामसहित बिहीबार एक जनालाई पक्राउ...

राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा अध्यक्ष दाहालले राष्ट्रपति पौडेललाई आफु अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका थिए । अध्यक्ष दाहालले स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका संघको सम्मेलनमा...