समाचार

लागूऔषध ओसारपसार र चोरीमा संलग्न ९ जना पक्राउ

मकवानपुर । मकवानपुरबाट लागूऔषध र चोरीमा संलग्न ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विहिबार पत्रकार सम्मेलनमार्फत् एकमुष्ठ रुपमा घटना सार्वजनिक गरको हो । प्रहरीले १०५ किलो ६९ ग्राम लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । हेटौंडा– १९ नेवारपानीस्थित पूर्वपश्चिम सडकखण्डको रजैया जाने जंगल छेउमा...

हेटौंडामा हुने लाईभ सेलो साँझ कार्यक्रमको तयारी पूरा

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि कार्तिक ९ गते हुने लाईभ सेलो साँझ–२०८१’ कार्यक्रमको तयारी पूरा भएको छ । ओपेरा इन्फोटेन्मेन्ट मिडिया प्रालिको आयोजनामा हुन लागेको एतिहासिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रालिका संचालक तथा कार्यक्रम संयोजक विक्रम लुङबाले जानकारी दिए । यसअघि असोज १९ गते हुने भनिएको...

दिपावलीको अवसरमा बकैयामा जेके एफसी कप सुरु

मकवानपुर । नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका वडा नम्वर ९, च्याउच्याउमा जेके एफसी कप सुरु भएको छ । उक्त कप बकैयाको जेके फुटबल क्लबको आयोजनामा बिहीबारबाट सुरु भएको हो । उद्घाटन खेलमा जेके एफसी ‘ए’ ले विजयी सुरुवात गरेको छ । जेके एफसी...

जेसीजको सप्ताहव्यापी कार्यक्रमः ३० जनाले गरे रक्तदान, स्लो बाइक रेसमा सदासंकर प्रथम

मकवानपुर । हेटौंडा जेसीजले विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताहव्यापी कार्यक्रम मनाइरहेको छ । जसअन्तरगत आज विहान हेटौंडा–४ हुप्रचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईँको...

हेटौंडा जेसीजद्वारा विश्वज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग

मकवानपुर । हेटौंडा जेसीजले हेटौंडा उपमहानगरपालिका वडा नम्वर चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बुधबार जेसीज हेटौंडा वर्ष २०२४ का अध्यक्षसहितको टोली विद्यालय पुगेर शैक्षिक सामग्री सहयोग गरेको हो । जेसीज सप्ताह २०२४ अन्तर्गत विद्यार्थीलाई आवश्यक कापी, कलम, किताब, खेलकुदको सामाग्रीहरुको सहयोग जेसीआई हेटौंडाका कार्यकारिणी...

हेटौंडामा शुभकामना तथा चियापान कार्यक्रम

हेटौंडा । बागमती प्रदेश राजधानी  हेटौंडामा बुधबार नेपालीहरुको महान पर्व दशैँ, शुभदीपावाली, छठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । नेकपा माओबादी केन्द्र निकट वाईसीएल नेपाल मकवानपुर, अखिल क्रान्तिकारी मकवानपुर र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम भएको हो...

सवारी दुर्घटनामा चालकको मृत्यु

मकवानपुर । हेटौंडालाई काठमाडौँसँग जोड्ने कान्तिलोकपथ अन्तर्गत ललितपुरको बगुवामा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भट्टेडाँडा प्रहरी चौकीले दिएको जानकारी अनुसार दक्षिण ललितपुरको बगुवा नजिकै मासखोलास्थित कान्तिलोकपथमा ग २ च ९६६८ नम्बरको कुखुरा बोकेर हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बोलेरो गाडी बुधबार बिहान् दुर्घटनामा परेको...

मनहरी गाउँपालिकाले आलु र प्याज खेती गर्ने किसानलाई अनुदान दिने

मकवानपुर । मनहरी गाउँपालिकाले आलु र प्याज खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । तरकारी उत्पादनको लागि अब्बल क्षेत्र मानिने मनहरीले आलु र प्याजको व्यावसायिक खेती गर्ने किसानलाई अनुदान दिने भएको हो । पालिकाले तीन कट्ठाभन्दा धेरै क्षेत्रफलमा प्याज खेती गर्ने किसानलाई प्रतिकठ्ठा दुई हजार पाँच सय र...

हेटौंडा जेसीजको वक्तृत्वकला प्रतियोगितामा विवेक प्रथम

मकवानपुर । जेसीआई हेटौँडाले जेसीज सप्ताहको दोस्रो कार्यक्रमको रुपमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा विवेक आनन्द न्यौपाने उत्कृष्ट वक्ता घोषित भएका छन् । मंगलबार हेटौँडा–९ स्थित जेसीआई हेटौँडाको सचिवालयमा भएको वक्तृत्वकलामा सहभागी ११ जना मध्ये न्यौपानेले प्रथम स्थान हासिल गरेका हुन् । न्यौपाने लगातार तेस्रो वर्ष प्रथम भएका हुन् ।...

हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु, साइकल रेसमा ठाकुर प्रथम

मकवानपुर । हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह २०२४’ आजबाट सुरु भएको छ । आज पहिलो दिन विहान ७ बजे हेटौंडाको सिचाईं टोलदेखि मनकामना मन्दिरसम्म साइकल रेस प्रतियोगिता आयोजना गरिएको जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा राजिव ठाकुर प्रथम भएका छन् । त्यस्तै आशिष...