समाचार

तेस्रो थाउँलु वर्ल्डकपका लागि नेपाली उसु खेलाडीको बिदाई

हेटौंडा । जापानको टोकियोस्थित योकोहा शहरमा अक्टोवर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउँलु वर्ल्डकप २०२४ मा सहभागी हुने नेपाली खेलाडी टोलीको बिदाई गरिएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जितका लागि शुभकामना दिँदै उसु खेलाडीहरुलाई बिदाई गरेका हुन् । सो अवसरमा मन्त्री महर्जनले बागमती...

आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं । आज बस्ने गरी बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ ५ बस्ने गरी आह्वान गरिएको बैठक स्थगित भएको हो । आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा भएपनि अन्तिम समयमा आएर स्थगित भएको हो । बैठक के...

अर्थमन्त्री पौडेल आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज अमेरिका प्रस्थान गर्ने भएका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन उनी अमेरिकाको वासिङटन डीसी प्रस्थान गर्न लागेका हुन् । अर्थमन्त्री पौडेल सोमबार राति त्यसतर्फ प्रस्थान गर्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ । डीसी...

चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिता हुँदै

मकवानपुर । पश्चिम मकवानपुरमा सक्रिय युवाहरुको संस्था चैनपुर जेसीज मनहरीको आयोजनामा हुने खुला फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । जेसीजले यही कात्तिक २३ गतेबाट मनहरी ४ मसिने स्थित गोलघर खेल मैदानमा दोस्रो संस्करणको चैनपुर जेसीज मनहरी कप खुला फुटबलको आयोजना गर्दैछ । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको जेसीजका अध्यक्ष...

स्वास्थ्य निर्देशनालय हेटौंडाको वार्षिक समिक्षा गोष्ठी सुरु

मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय हेटौंडाको वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । गोष्ठी स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबारबाट हेटौंडामा सुरु भएको हो । गोष्ठीको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले एक समारोहबीच उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री लामाले प्रदेशका स्वास्थ्य संस्थामा उपचार...

बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष श्रेष्ठले लिए सपथ

मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष महेश्वर श्रेष्ठले सपथ लिएका छन् । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । लुम्बिनी प्रदेशको नवलपरासी बर्दघाट (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी श्रेष्ठलाई बागमती प्रदेश सरकारद्धारा गठित ३ सदस्यीय सिफारिस समितिले गरेको निर्णय...

हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम भोलिबाट सुरु

मकवानपुर । हेटौंडा जेसीजले विभिन्न कार्यक्रम आयोजना गरी ‘जेसीज सप्ताह २०२४’ मनाउने भएको छ । भोलि कार्तिक ६ गतेदेखि ९ गतेसम्म साइक्लिङ् तथा खेल प्रतियोगिता, दूव्र्यशनीविरुद्धको सचेतना कार्यक्रम, शैक्षिक सामग्री वितरण, रक्तदान लगायतका कार्यक्रमहरु गरिने हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए । विगतमा सप्ताहव्यापी रुपमा...

मृत अवस्थामा भेटिए ठूलोकान्छा

हेटौंडा । मकवानपुर जिल्लाको कैलाश गाउँपालिकामा एक जना मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कैलाश गाउँपालिका–३ का ४६ वर्षीय ठूलोकान्छा चेपाङ कालिखोला भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका हुन् । गाउँमा घेवामा गएर कार्यक्रम सकिएपश्चात् घर फर्कने क्रममा उनी सम्पर्कविहीन भएका थिए । सोही क्रममा आफन्तले...

मकवानपुरमा रक्षा संवाददाता अभिमुखीकरण सम्बन्धी पाँच दिने तालिम सुरु

मकवानपुर । मकवानपुरमा  रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डीसीओपी) सम्बन्धी पाँच दिने तालिन सुरु भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा आजबाट सुरु भएको हो । तालिम मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १, स्थित श्री मध्य पृतना हे.क्वा सुपारेटार ब्यारेकमा आजबाट सुरु भएको हो । उक्त तालिमको...

रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ६ दिनको म्याद थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ६ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ६ दिन हिराशतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत शुक्रबार प्रहरीले काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट...