आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित
काठमाडौं । आज बस्ने गरी बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ ५ बस्ने गरी आह्वान गरिएको बैठक स्थगित भएको हो ।
आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा भएपनि अन्तिम समयमा आएर स्थगित भएको हो ।
बैठक के कारणले स्थगित भएको हो भन्ने बारे भने हाल नखुलेको एक स्रोतले बतायो ।