समाचार
सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइका लागि पेसी तोकियो
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोक्नुभएको छ । पेसीमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडालको संयुक्त इजलास पनि रहेको छ भने अन्य न्यायाधीशको एकल तथा संयुक्त इजलास तोकिएको छ तर अहिलेसम्म सुनुवाइ सुरु भएको भएको छैन । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल...
धार्मिक पर्यटकीय गन्तव्य बन्दै नर्मदेश्वर मोक्षश्रमधाम
गण्डकी । अनादिकालदेखि अस्तित्वमा आएको विश्वास गरिने पोखरा महानगरपालिका २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधामलाई यस क्षेत्रको विशिष्ट धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी पहल थालिएको छ । अनादिकालमा कर्दम–कश्यपजस्ता ऋषिमुनिको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस धाम परिसरलाई...
ट्याङ्की खन्दा विद्यालयभित्र भेटियो ऐतिहासिक सम्पदाका अवशेष
भक्तपुर । विद्यालयको पानी ट्याङ्की खन्ने क्रममा यहाँ ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवशेष भेटिएको छ । भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर परिसरमा रहेको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा पानी ट्याङ्की खन्ने जमिनको सतहबाट साढे छ फिटमुनि मल्लकालिन ईटा ( टेपु ल्हाँ, चिकं अप्पा, तेलीय इँटा, फ अप्पा, दाँची अप्पाले बनाइएका...
सुनको भाउ घट्यो
नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार...
नेकपा एमाले बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेले आज (शुक्रबार) केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, सो बैठकमा बिहिबार बसेको स्थायी कमिटीको बैठकले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने...
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खाँडलाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई दिएका छन् । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खड्कालाई दिएका हुन् । बिहिबार साँझ प्रधानमन्त्री देउवाले खाँडलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका...
विद्युतीकरणमा वैकल्पिक ऊर्जा प्रर्बद्धन केन्द्रको भूमिका महत्वपूर्ण : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २५ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उनले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका रहेको बताए । राष्ट्रिय प्रसारण लाइन नपुगेका...
स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा नीतिगतरूपमा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका...
नेपाल विश्वविद्यालयको रणनीतिक योजना कार्यशाला सुरु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा खुला विश्वविद्यालय स्थापनाका लागि तीनदिने रणनीतिक योजना कार्यशाला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भर्चुअल माध्यमबाट कार्यशालाको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पोखरेलले विश्वविद्यालयका लागि जग्गा प्राप्ति तथा आवश्यक नीति, निर्देशिकामा प्रदेश सरकारका तर्फबाट साथ, सहयोग र समर्थन रहने...
भ्रष्टाचार न्यूनीकरणमा सचेतना
रसुवा । विकास निर्माणलगायत प्रशासनिक निकायमा हुने भ्रष्टाचार न्यूनीकरण गर्न यहाँका सवै निकायलाई सचेत गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँले आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक अन्तर–संवाद कार्यक्रममार्फत स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई बिहीबार सचेत गराइएको हो । निर्धारित कार्ययोजनाअनुरूप विकास निर्माणलगायत प्रशासनिक कार्यमा...







