समाचार
थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ६६४ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ५९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ८ हजार ८४८ जनाको पीसीआर परीक्षण गर्दा...
नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए पद र गोपनियताको शपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे र ३ जना मन्त्रीहरुले पद र गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरुलाई आज शपथ गराएका हुन् । केही बेर अघि प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पदमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गरेका थिए...
म्याग्दीमा एमालेको नेतृत्व : ‘वडामा युवा, पालिकामा पाका’
बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत म्याग्दीमा भएका वडा र पालिका अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा स्थापित गरेको छ । छ स्थानीय तह र ४५ व वडा रहेको जिल्लामा मङ्गलबारसम्म सम्पन्न भएका ४२ वडा र चार गाउँपालिकाको अधिवेशनबाट ‘वडामा युवा र पालिकामा पाका’...
बागमती प्रदेशको मुख्यमन्त्री पदमा राजेन्द्र पाण्डे नियुक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पदमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई नियुक्त गरेका छन् । बिहिबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहकाबीच पाण्डेलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । प्रदेशसभाका ५९ जना सदस्यहरुको समर्थनसहित मुख्यमन्त्री पदमा पाण्डेलाई नियुक्ति गर्न दावीपत्रसहित हिजो प्रदेश प्रमुख...
गुनासो भए नागरिक एपमा निःशुल्क फोन गर्नुस्
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले अब फोन र भाइबरबाट समस्या र जिज्ञासा टिपाउन पाउने भएका छन् । सरकारले फुल भर्सनमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले टोल...
पूर्व न्यायाधीश लम्सालको निधनप्रति सर्वोच्चद्वारा दुःख व्यक्त
काठमाडौँ । पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको असामयिक निधन भएकामा सर्वोच्च अदालतले दुःख व्यक्त गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा सम्पूर्ण न्यायाधीशहरुको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीश लम्सालको निधनबाट न्याय र कानूनको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै स्व लम्सालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ ।...
किसानले बाली बीमा पाएनन्
बलेवा । बरेङ गाउँपालिका–२ ठूलो दलेङका धनीश्वर पौडेलले २० रोपनी जमिनमा अलैँची लगाएका छन् । हिउँद र वर्षा दुवै याममा देखिनसक्ने क्षतिको खतरालाई कम गर्न उनले बालीको बीमा पनि गरेका छन् । तर, क्षति बहन गर्छ भनेर गरेको बीमा अहिले धनीश्वरलाई निल्नु न ओकेल्नु भएको छ । प्रभु इन्स्योरेन्समा...
१२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याइने : मन्त्री खतिवडा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले भारत र चीनमा १२ वर्षमुनिका बालकालिकाका लागि खोपको परीक्षण भइरहेको र त्यसको सफल परीक्षणपश्चात नेपालले...
बागमतीमा यसरी हुँदैछ पाण्डेको सपथ ग्रहणको तयारी (फोटोसहित)
मकवानपुर । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहणको तयारी भइरहेको छ । आज दिउँसो साढे ३ बजे प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरी सपथ ग्रहण गराउने तयारी गरेका छन् । पाण्डेको सिफारिसमा आजै गठबन्धनका...
भागबण्डामा फेरियो मन्त्रालयः खनाललाई आन्तरिक मामिला, मोक्तानलाई सामाजिक विकास
मकवानपुर । बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा माओवादी र कांग्रेस सरकारमा जाँदैछ । गठबन्धनले संसदीय दलको उपनेतालाई मन्त्री बनाउने तयारी गरेको छ । भर्खरै सम्पन्न गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्र संसदीय दलको उपनेता कुमारी मोक्तानलाई...










