बागमतीमा यसरी हुँदैछ पाण्डेको सपथ ग्रहणको तयारी (फोटोसहित)
मकवानपुर । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहणको तयारी भइरहेको छ । आज दिउँसो साढे ३ बजे प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरी सपथ ग्रहण गराउने तयारी गरेका छन् ।
पाण्डेको सिफारिसमा आजै गठबन्धनका तर्फबाट ३ जना मन्त्री सरकारमा सहभागी हुनेछन् । गठबन्धनमा आवद्ध काँग्रेसबाट कृष्णलाल भडेल, नेकपा एकीकृत समाजवादीबाट कृष्णप्रसाद खनाल र नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तानले मन्त्रीको जिम्मेवारी पाउँदैछन् ।गठबन्धन दलको बैठकमा भडेलले भौतिक पूर्वाधार मन्त्रालय, खनालले सामाजिक विकास मन्त्रालय र मोक्तानलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने गठबन्धनको निर्णय रहेको छ ।
हेर्नुहोस् फोटो ।








